Comments Add Comment

फेसबुक मेसेन्जरमा महत्वपूर्ण परिवर्तन, बन्दैछ अर्बौँको व्यवसाय

गत हप्ता फेसबुकले आफ्नो च्याट एप फेसबुक मेसेन्जरमा ठूलो परिवर्तन गर्यो । यस अनुसार अब मानिसहरुले फेसबुक अकाउण्ट नखोलिकनै पनि मेसेन्जर चलाउन सक्नेछन् ।
Facebook-logo-reuters-
सतहमा यो परिवर्तन ती मानिसहरुका लागि उत्साहपूर्ण छ जो फेसबुक खोल्न चाहँदैनन् तर आफ्ना साथीहरुसँग सम्वाद गर्नका लागि एसएमएस भन्दा फरक खाले माध्यम प्रयोग गर्न चाहन्छन् ।

फेसबुककै लागि पनि यो ठूलो व्यवसायिक अवसर हो । फेसबुकका सिइओ मार्क जुकरबर्गले पनि भन्ने गरेका छन् की फेसबुकले आफ्ना प्रडक्टहरुका प्रयोगकर्ता १ अर्ब नपुगुन्जेल पर्खिनुपर्छ भन्ने कुरामा विश्वास गर्छ । अनिमात्र त्यसलाई अर्थपूर्ण व्यवसायमा बदल्नका लागि केन्द्रित हुन्छ ।

मेसेन्जर एपपमा यो परिवर्तन ल्याउनुअघि यसका प्रयोगकर्ताको संख्या ७० करोड पुगिसकेको थियो र पछिल्लो ३ महिनामा मात्रै १० करोड प्रयोगकर्ता थपिएका थिए । मेसेन्जर चलाउन फेसबुक अकाउण्ट खोल्नु नपर्ने गरी भएको यो परिवर्तनले यसका प्रयोगकर्ताको संख्या तिव्रगतिमा बढाउने र यसलाई जादुमयी १ अर्ब प्रयोगकर्ताको सीमासम्म छिटै नै पूराउने अनुमान गरिएको छ र यसका संकेतहरु देखा पर्न थालिसकेका छन् ।

फेसबुकले गएको मे महिनामा मेसेन्जरबाट साथी साथीबीच पैसा भुक्तानी गर्न सकिने सेवा सुरु गरेको थियो । यस्तो भुक्तानी तथा कारोबार निशुल्क छ । त्यसैले सुरुमा त फेसबुकले यो सेवाबाट कुनै पैसा कमाउँदैन तथापि प्रसस्तै प्रयोगकर्ता आर्जन भने गर्नेछ । यसबाट फेसबुकले निकट भविष्यमै ती प्रयोगकर्तालाई मेसेन्जरबाट अन्य चिजहरु बेच्न सक्नेछ, जस्तै स्टिकर तथा गिफ्टहरु ।

साथै फेसबुकले सफ्टवेयर डेभलपरहरुलाई मेसेन्जरभित्र चल्ने एपहरुको विकाश गर्ने अनुमति दिएको छ । अहिलेसम्म सबै एपहरु निशुल्क छ । त्यसैले फेसबुकले तत्कालै एपको व्यापारबाट पैसा कमाउन सक्ने स्थिति नभएपनि सधै यस्तै होला भन्न सकिन्न र भविष्यमा फेसबुकले यसलाई पनि व्यवसायमा बदल्नेछ ।

गएको मार्चमा भएको डेभलपर्स सम्मेलनमा फेसबुकले एउटा गज्जबको घोषणा गरेको थियो । जस अनुसार उसले विभिन्न ब्राण्ड तथा व्यवसायिक कम्पनीहरुलाई आफ्ना ग्राहक को भुक्तानी तथा प्राप्तिको जानकारी, सामानहरुको आपूर्ति लगायतका ग्राहक सेवा सम्बन्धि विषयहरुका लागि फेसबुक मेसेन्जर सेवा उपलब्ध गराउनेछ ।

यदि फेसबुकले आफ्नो मेसेन्जरलाई उपभोक्ता तथा व्यवसायको बीचमा प्रभावकारी सन्देशबाहकको रुपमा स्थापित गर्न सक्यो तथा दुबैको लागि मूल्यवान बन्न सक्यो भने भविष्यमा विभिन्न कम्पनी तथा ब्राण्डहरुमार्फत यसले आर्जन गर्न सक्ने पक्का छ ।   मुख्य ब्राण्डहरुका सबै उपभोक्ताहरुले फेसबुक मेसेन्जर प्रयोग गरुन् जसको अहिले फेसबुक अकाउण्ट समेत छैन । वास्तवमा यो सम्भावना बलियो बन्दै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment