Comments Add Comment

मनोजको माग-‘डकुमेन्ट्री बनाउनेलाई बेवास्ता नगरियोस्’

manoj-pandit
राजकुमार राई चलचित्र विकास बोर्डमा अध्यक्ष भएर आएपछि निर्देशक मनोज पण्डितले बृत्तचित्रलाई नहेपियोस् भन्दै मागपत्र बुझाएका छन् ।

‘ग्रेटर नेपाल’ का निर्देशक समेत रहेका पण्डितले दुई बुँदे मागपत्र बुझाउँदै बोर्डमा डकुमेन्ट्री बोर्ड स्थापना गर्न माग गरेका छन् । चलचित्र दर्ता प्रक्रियामा सुधार गरेर डकुमेन्ट्रीलाई पनि अगाडी बढाउनुपर्ने माग उनले गरेका छन् ।

समग्र चलचित्र उद्योगको विकास गर्ने उद्देश्यले स्थापना गरिएको बोर्डले मुलधारका व्यबसायिक चलचित्रको वकालत गरेपनि मौलिक चलचित्रको प्रोत्साह गर्ने नीति बनाउन सकेको छैन ।

पछिल्लो समय व्यवसायिक चलचित्रहरु व्यवसाय गर्न असक्षम रहेको बेला पनि केही बृत्तचित्रले स्वदेश र विदेशमा राम्रो आम्दानी गर्न सफल भएका छन् ।

पछिल्लो समय डकुमेन्ट्री चलचित्रप्रति दर्शकको चासो बढेको धारणा राख्ने निर्देशक पण्डितले नेपालमा बनेका केही डकुमेन्ट्रीले अन्तराष्ट्रिय अवार्ड पाएको बताए ।

‘यस्ता धेरै डकुमेन्ट्री छन्, जसले विदेशमा अवार्ड पाएका छन् । त्यसकारण पनि डकुमेन्ट्रीलाई प्रोत्साहित गर्नुपर्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment