Comments Add Comment

सन्नीको सपना भयो पुरा, अक्षय कुमारसँग देखिँदै

akshya-and-sunny
बलिउडमा पाइला राखेर चर्चा कमाएपनि पूर्व पोर्न स्टार सन्नी लियोनीको एउटा सपना भने पुरा भएको छैन । बलिउडका चर्चित ३ खानको साथमा अग्रपंक्तिका नायकसँग काम गर्ने उनको सपना अधुरै छ ।

उनको पुरानो इमेज र हट अवतारका कारण सन्नीले बलिउडका चल्तीका नायकसँग काम गर्न पाएकी छैनन् । तर, अब भने उनको यो  सपना केही हदसम्म भएपनि पुरा भएको छ ।

गोवामा आफ्नो एक रियालिटी शोको छायांकनमा व्यस्त नायिका लियोनीले अक्षय कुमारले अभिनय गरिरहेको चलचित्र ‘सिंह इज ब्लिङ्ग’मा केमियो भूमिका निर्वाहा गरेकी छिन् ।

यो चलचित्रको छायांकन पनि गोवामा भैरहेको थियो । सन्नी लियोनी पनि गोवामै रहेको थाहा पाएपछि यसको निर्माणपक्षले उनलाई केमियो रोलमा खेलाउने निर्णय गर्‍यो ।

सन्नीले पनि यो अवसर छाड्न सकिनन् र उनी अक्षय कुमारको चलचित्रमा देखिन हतारिइन् । केमियो भूमिकामै भएपनि सन्नीले बलिउडका चल्तीका नायकसँग देखिने इच्छा पुरा गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment