Comments Add Comment

‘एटीएम’ नायिकालाई एकहोरो प्रेमको भरोसा

Sabina-Karki
कहिलेकाही कलाकारहरुलाई आफ्नो ओरालो लागेको करिअर कुनै न कुनै चलचित्रले जोगाउँछ कि भन्ने आश लाग्छ । करिअरमा सफल चलचित्र दिन नसकेपनि अझै केही बाँकी छ भन्ने विश्वास हुन्छ ।

नायिका सविना कार्की अहिले यही अवस्थामा छिन् । चलचित्र ‘एटीएम’पछि एकाएक ओरालो लागेको करिअर उठाउन उनलाई धौ-धौ नै परेको छ । असार १८ गते चलचित्र ‘वन साइड लभ’ प्रदर्शनमा आउने भएपछि सविना अहिले कुँदाइमा छिन् । यसको मुख्य कारण चलचित्रले सफलता दिलाएको खण्डमा हुने फाइदा नै हो ।

कपिल खत्रीको निर्माण तथा अभिनयमा तयार भएको यो चलचित्रले एकहोरो प्रेमको कथा भनेको छ । चलचित्रमा कपिलकै साथमा सविना कार्की, विनिता घिमिरेको मुख्य भूमिका छ । चलचित्रलाई देवेन्द्रराज पाण्डेले निर्देशन गरेका हुन् ।

चलचित्रलाई कमेडी, रोमान्सका साथमा सेन्टिमेन्ट बिषयमा तयार गरेको  निर्माता कपिलले बताए । नायिका सविना कार्की अहिले चलचित्र प्रमोशनका लागि व्यस्त भएको बताउँछिन् । आफूले यो चलचित्रबाट खुबै आशा गरेकाले पनि प्रचारमा लागेको उनको भनाई छ ।

वैशाख ११ गतेबाट नयाँ नेपाली चलचित्र प्रदर्शन नभएकाले पनि ‘वन साइड लभ’  दर्शकका लागि प्रतिक्षमा हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment