Comments Add Comment

संविधानसभाभित्र मस्यौदा च्यात्ने मधेसवादी दलको चेतावनी

Mahanta,-Upendra-and-Ashok

१४ असार, काठमाडौं । संघीय समाजवादी फोरम नेपालसहितका चार मधेसवादी दलले संविधानको मस्यौदा अस्वीकार्य भएको बताएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सोमबार बसेको बैठकले संविधानसभाभित्र संविधानको मस्यौदा च्यात्ने चेतावनी समेत दिएको छ । सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने-‘मस्यौदा पेश भएपछि भित्रै च्यातेर विरोध गर्छौं ।’

संविधानको मस्यौदा विगतमा भएको सहमति विपरित र मधेशी, आदिवासी-जनजाति, अल्पसंख्यक, सीमान्तकृत समुदायप्रति धोका भएको चार पार्टीका अध्यक्षले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

चार दलले फास्ट ट्रयाकको नाममा असंवैधानिक र गैरलोकतान्त्रिक प्रक्रियाबाट संविधान जारी गरिए मुलुकलाई अझ बढि आन्तरिक द्वन्द र अस्थिरतामा धकेलिने चार दलको ठहर छ ।

नामांकन र सीमा विनाको संघीयतासहितको संविधानले संविधानसभाको औचित्यलाई नै समाप्त गर्ने रसंघीयता, पहिचान तथा समावेशितालाई समाप्त पार्ने षडयन्त्र भएको चार दलको दाबी छ । अब आन्दोलनको विकल्प नभएको भन्दै चार दलले भनेका छन्-‘गैर संवैधानिक १६ बुँदे सहमतीको आधारमा एकल जातीय प्रतिगमनकारी चरित्रको संविधान जारी गर्ने कार्य गरेमा सो संविधान हामीलाई मान्य नहुने र हामी संघर्ष गर्न बाध्य हुने पुनः प्रष्ट गर्न चाहन्छौं ।’

१६ बुँदे सहमतिप्रति संघीय समाजवादी फोरम नेपाल, तमलोपा, सद्भावना र तमसपा असन्तुष्ट छन् । सद्भावना मस्यौदा समितिको बैठक बहिस्कार गरेको थियो भने फोरम नेपाल लगायतका दलले भने मस्यौदामा फरक मत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment