Comments Add Comment

पोखरा र सौराहामा ल्यान्डमार्क होटलको समर प्याकेज

१४ असार, काठमाठौं । आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल ल्यान्डमार्कले समर प्याकेज घोषणा गरेको छ । ल्यान्डमार्कले पोखरा र सैराहाका लागि ४५४५ रुपैयाँको प्याकेज घोषणा गरेको हो ।

पोखराको लेकसाइडमा रहेको होटल ल्यान्डमार्क र सौराहामा रहेको ल्यान्डमार्क फरेष्ट पार्क रिसोर्टमा नेपालीलाई यो प्याकेज प्राप्त हुनेछ । भूकम्पले सुस्ताएको पर्यटन व्यवसायलाई माथि उठाउन यस्तो प्याकेज ल्याएको बताइएको छ ।

भूकम्पछि विदेशीमात्र नभई नेपाली समेत समेत भ्रमण गर्न छाडेका छन् । जसले गर्दा अन्तरिक पर्यटकबाट भरिभराउ हुने पोखरा र सौराहा यतिबेला सुनसान देखिन्छन् । दुबै ठाउँमा आन्तरिक पर्यटकको फ्लो बढाउन यस्तो प्याकेज ल्याएको होटल सञ्चालक सिएन पाण्डेले अनलाइनखबरसँग बताए ।

होटल ल्यान्डमार्क पोखरा

Landmark-Forest-Resort

होटल ल्यान्डमार्क पोखरामा दुई दिन तीन रातको प्याकेज घोषणा गरिएको छ । चार हजार ५ सय ४५ रुपैयाँ तिरेर यो प्याकेज लिन सकिन्छ ।

प्याकेजमा वेलकम ड्रिंक्स, डिलक्स रुम, हरेक दिन ब्रेकफाष्ट, डिनर, २ बोतल मिनिरल वाटर, बसपार्क र एयरपोर्टसम्म यातायातको सुविधा, फ्रि वाईफाई लगायतका सुविधाहरु उपलब्ध गराएको होटलले जनाएको छ ।

ल्यान्डमार्क फरेष्ट पार्क रिसोर्ट

सौरहामा रहेको यस रिसोर्टमा १ रात दुई दिनको प्याकेज बनाइएको छ । यो प्याकेज अन्तर्गत नेपाली पर्यटकले ४ हजार ४ सय ४५ रुपैयाँमा सौराहा भ्रमण गर्न पाउनेछन् ।

Landmark-pokhara-hotel

प्याकेजमा वेलकम ड्रिंक्स, डिलक्स रुम, ब्रेकफाष्ट, एक डिनर, एक लञ्च, हात्ती सफारी, थारु साँस्कृतिक नाच, बर्ड वाचिङ, फ्रि वाईफाई लगायतका सुविधाहरु रहेका छन् ।

साथै, ल्यान्डमार्क फरेष्ट पार्कले स्वीमिङ प्याकेज समेत सार्वजनिक गरेको छ । नेपाली पर्यटकले ८ सय ८८ रुपैयाँ तिरेर स्वीमिङको मज्जा लिन सक्नेछन् । स्वीमिङ पुल विहान ११ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने बताइएको छ ।

यो प्याकेजमा वेलकम ड्रिंक्स, दिनभर स्वीमिङ र लञ्चको व्यवस्था गरिएको सञ्चालक पाण्डेले जानकारी गराए ।

Landmark-Hotel
होटल ल्यान्डमार्क पोखरा समर प्याकेज ।
Landmark-frorest-Park
ल्यान्डमार्क फरेष्ट पार्क चितवन, समर प्याकेज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment