Comments Add Comment

गोन्जालेजले गोल गर्दा काकाको निधन !

Derlis Gonzalez

१४ असार, काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पवेश गर्‍यो ।

पेनाल्टी सुटआउटका डिलाइज गोन्जालेजले विजयी गोल गरे । तर, उनका लागि ब्राजिलविरुद्धको जित एकाएक वियोगमा परिणत भएको छ ।

गोन्जालेजका काका इरिजाबेल म्यानुअलको हृदयघातका कारण मृत्यु भएको छ । तिजोको विनिङ पेनाल्टस्को खुसी मनाउने क्रममा ४४ वर्षका इरिजाबेल म्यानुअलको हृदयघातका कारण निधन भएको हो ।

पारग्वेको पत्रिका अल्टिमा हुराका अनुसार म्यानुअल घरमै साथीभाइसँग टीभीमा खेल हेरिरहेका थिए । खेलपछि गोन्जालेजलाई उनकी श्रीमतीले काकाको निधन भएको खबर सुनाएको समाचारमा उल्लेख छ ।

गोन्जालेजले ट्वीटरमा काकाको निधन भएको पुष्टि गरेका छन् । उनले लेखेका छन्, किन आजै काका ? किन ? हृदयघातपछि मलाई छाड्नु भयो । मैले तपाईलाई यति धेरै आनन्द र खुसी दिएको थिएँ । म यो विश्वास गर्न सक्दिँन ।’

फुटबल क्लब एफसी बासलका २१-बर्षीय मिडफिल्डरले निर्धारित समयको खेलमा पनि पेनाल्टीमा गोल गरेका थिए । ब्राजिलले १२ औं मिनेटमा अग्रता लिएको अवस्थामा गोन्जालेजले ७२ औं मिनेटमा पेनाल्टीमार्फत नै बराबरी गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment