Comments Add Comment

चालीस हेक्टरमा माछापालन विस्तार

१४ असार, रत्ननगर (चितवन) । चितवनमा थप ४० हेक्टर क्षेत्रफलमा अभियानमुखी माछापालन सुरु भएको छ ।

जिल्लाका युवा किसानलाई लक्षित गरी सञ्चालन गरिएको उक्त अभियानले युवा किसान माछापालनमा Machha-mardaiआकर्षित भएका छन् । हालको खैरहनी नगरपालिकामा पर्ने कुमरोजमा रोयल चितवन एग्रिकल्चर प्रालि खोलेर कन्हैया कर्माचार्य र जीवन विकले माछापालन सुरु गरेका हुन् ।

चार बिगाहामा सुरु गरिएको अभियानमुखी माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयले रु दुई लाख २८ हजार ९०० अनुदान समेत दिएको व्यवस्थापन हेर्दै आएका अजय विकले बताए । ‘एक्लै माछा पाल्न गाह्रो हुन्छ’ उनले भने- ‘सरकारी अनुदानले आड भरोसा मिलेको छ, बिगेट, ग्रासकार्प, नैनी, रहु, सिल्भर कार्पसहित विभिन्न जातका माछा पोखरीमा पालिएको छ ।’

यस्तै कुरमरोजकै किसान प्रल्हाद पन्तले यसैपालादेखि दुई बिगाहामा माछापालन सुरु गरेका छन् । खेतमा धान रोप्दा वर्षको दुईबाली भित्र्यााउन हम्मे हम्मे पर्ने गरेकामा अहिले दुई महिनामै माछा बेच्ने तयारी उनले गरिरहेका छन् । कृषि कार्यालयले प्रति हेक्टर रु एक लाखका दरले अनुदान दिएको हो ।

गएको दुई वर्षमा २०० हेक्टरभन्दा बढी क्षेत्रमा माछापालन विस्तार भएको छ । अभियानमुखी माछापालनका तर्फबाट रु ८९ हजार चारसय अनुदान पाएपछि पन्त माछापालन गर्न हौसिएका हुन् । पच्चीस कट्ठामा फैलिएको पोखरीमा माछा पालन गर्नुभएका काजीमान गुरुङले तीन महिनामै पहिलो खेप माछा बेचिसकेका छन् ।
जिल्लामा अहिले ४०० हेक्टरमा माछापालन हुँदै आएको छ । एक हजार किसान माछापालनमा सक्रिय छन् । यहाँ एक हजार ८५० पोखरी छन्, भने ५७ वटा सहकारी एवम् समूह माछापालनमा सक्रिय छन् ।

जिल्लामा अहिले एक हजार ३०० मेट्रिक टन माछा उत्पादन भएको कृषि कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment