Comments Add Comment

मसला कटेज रेष्टुरेन्टको शाखा बिजनेश पार्कमा

Mashala-Cottege-Business-Park
१४ असार, काठमाडौं । मसला कटेज रेष्टुरेन्ट एन्ड ब्यांक्वेटले थापाथलीस्थित काठमाडौं बिजनेश पार्कमा शाखा विस्तार गरेको छ । रेष्टुरेन्टको सोमबार उपराष्ट्रपति परमानान्द झाले उद्घाटन गरे ।

दुई दशकदेखि उद्योग, व्यापार, सञ्चार र सेवासम्बन्धी व्यवसाय गर्दै आएको डिभी ग्रुप अफ कम्पनीजले चार वर्ष अगाडि मसला कटेज रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

रेष्टुरेन्टले खानपिन तथा अतिथि सत्कारमा गुणस्तरिय सेवाका लागी पहिचान बनाइसकेको छ । रेष्टुरेन्टको पहिलो शाखा बानेश्वरमा रहेको छ । निकट भविष्यमा जनकपुरमा तेस्रो शाखा खोल्न लागेको रेष्टुरेन्टका अध्यक्ष विश्वनाथ प्रसाद शाहले जानकारी दिए ।

नयाँ शाखामा रेष्टुरेन्टमा उत्कृष्ट सेवा प्रदान गर्ने मानव संशाधन र भारतीय स्वादका परिकारका लागि सेफ पनि भारतीय नै राखिएको छ । रेष्टुरेन्टमा सेमिनार, पार्टी तथा कर्पाेरेट मिटिङसमेत गर्न सकिन्छ ।

यसका लागि ३० सिटको एक्जेक्युटिभ लाउन्जसहित तीनसय जना अटाउने क्षमता भएको पार्टी हल र पर्याप्त पार्किङ सुविधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment