Comments Add Comment

एसियाली ब्याडमिन्टनमा जापानले नेपाल हरायो

१४ असार, काठमाडौं । थाइल्यान्डको बैंककमा भइरहेको एससीजी जुनियर एसियाली ब्याडमिन्टन च्याम्पियनसिपको टिम इभेन्टमा सोमबार नेपाल पराजित भएको छ ।

नेपाल जापानसँग ५-० ले पराजित भएको नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन् । उक्त खेलमा अरु नेपाली खेलाडीको तुलनामा दीपेश धामीले उत्कृष्ट प्रदर्शन गरेको महासचिव श्रेष्ठले जानकारी गराए ।

अघिल्लो दिन टिम इभेन्टमा नेपालले मंगोलियालाई ५-० ले हराउदै विजयी सुरुआत गरेको थियो । त्यसमा दीपेशले पुरुष सिंगल्स, शिक्षा श्रेष्ठले महिला सिंगल्स, दीपेश र नीरविक्रम देवकोटाले पुरुष डबल्स, शिक्षा र सुनैना मुखियाले महिला डबल्स तथा नीर र सुनैनाले मिक्स डबल्स स्पर्धामा जित हात पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment