Comments Add Comment

खुल्यो एसियाली पूर्वाधार लगानी बैंक

Group-photo-With-Xi-Jinping

१४ असार, काठमाडौं । एसियाली देशहरुका पूर्वाधारमा लगानी गर्ने उद्देश्यले एसियाली पूर्वाधार लगानी बैंक बन्ने भएको छ । आगामी अक्टोबरदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको बैंकको बिधान (आर्टिकल अफ एग्रिमेन्ट) मा ५७ देशका अर्थमन्त्रीले हस्ताक्षर गरेका छन ।

चीनको राजधानी बेजिङमा आयोजित बिषेश कार्यक्रममा बैंकको बिधानमा नेपालका तर्फब्ाट अर्थमन्त्री डा. रामशरण महतले हस्ताक्षर गरे । बिधानमा हस्ताक्षर गर्ने ५७ देशका अर्थमन्त्रीमध्ये ७ देशबाट बैंकको संस्थापक बन्ने प्रस्ताब पारित गर्न बाँकी रहेको बताइएको छ ।

सय अर्ब डलर अर्थात एक खर्ब नेपाली रुपैयाँ अनुमानित सेयर पुँजी रहने बैंकको प्रारम्भिक चुक्ता पुँजी २० डलर अर्थात २० अर्ब रुपैयाँबाट शुरु हुने बताइएको छ ।

यो बैंकमा नेपालले बैंकमा १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने बताइएको छ । त्यसैगरी, बैंकमा चीनको करिव ३० प्रतिशत, भारतको करिव ८.४ प्रतिशत, रसियाको ६.५ जर्मनीको ४.५, फ्रान्सको ३.४, ब्राजिलको ३.२ प्रतिशत सेयर रहनेछ । सेयरभन्दा पनि साना मुलुकको आवाजलाई बलियो बनाउन बढी मताधिकार दिइने बिधानमा उल्लेख छ ।

कर्जा प्रवाहमा प्रक्रियागत सरलीकरण गरी विद्यमान विश्व बैंक तथा एसियाली विकास बैंकभन्दा छुट्टै पहिचान कायम गर्ने र यसले साना मुलुकहरुलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

बिधानमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागि हुन मन्त्री महत आइतबार चीन गएका थिए । उनी मंगलबार स्वदेश फर्किने कार्यक्रम छ । चीनमा रहेका मन्त्री महतले विभिन्न देशका अर्थमन्त्रीहरुसँग भेटवार्ता गरेको अर्थ मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment