Comments Add Comment

इंग्ल्याण्डमा नेपाली टोलीको अर्को हार

Nepal Vs  GLOUCESTERSHIRE CRICKET (11)
१४ असार, काठमाडौं । टी-२० विश्वकपको तयारीका क्रममा इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाल ग्लोसटाशायरसँग ४ विकेटले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको अविजित ७३ रनको मदतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन बनायो ।

नेपालले पहिलो विकेट सस्तैमा गुमायो । नेपालको स्कोर १२ रन हुँदा ओपनर सुवास खकुरेल व्यक्तिगत ३ रनमा रन आउट भए ।  उपकप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट भए । सागर पुनले कप्तान पारस खड्कासँग ४९ रनको साझेदारी गरे । सागर २२ रनमा पभेलियन फर्किए ।

Nepal Vs  GLOUCESTERSHIRE CRICKET (1)

पारस र शरद भेसवाकरले चौथौ विकेटका लागि ६५ रनको साझेदारी गरे । शरद १२ रनमा आउट भए । कप्तान पारस ७३ र प्रदिप ऐरी १६ रनमा अविजित रहे ।

५४ बलको सामना गरेका पारसले नौ चौका र दुई छक्का हानेका थिए ।

ज्वाफमा मैदान उत्रिएकोे ग्लोसटाशायरले अन्तिम ओभर खेल्नु अघि नै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि पीएस हृयाण्ड्सकमले सर्वाधिक ५४ रनको योगदान दिए ।

नेपालका करन केसीले ४ ओभरमा ४४ रन दिएर ३ विकेट लिए । सोमपाल कामी, बसन्त रेग्मी र सागर पुनले समान १-१ विवेट लिएका छन् ।

Nepal Vs  GLOUCESTERSHIRE CRICKET (3)

Nepal Vs  GLOUCESTERSHIRE CRICKET (4)

Nepal Vs  GLOUCESTERSHIRE CRICKET (5)

Nepal Vs  GLOUCESTERSHIRE CRICKET (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment