Comments Add Comment

मध्यराति लावतीकाे सम्झनामा माैनधारण गर्दै संविधानसभाकाे बैठक सकियो

Masyauda-Samiti-Meeting

१४ असार, काठमाडौं । एमाअाेवादी र मधेसवादी दलकाे विराेधकाे चेतावनीका कारण संविधानसभाकाे बैठक मध्यरातिसम्म बस्न सकेन । राति पाैने १ बजे बैठक सुरू भए पनि राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीप्रति शाेक प्रस्ताव पारित गर्दै एक मिनेट माैनधारण गरेर बैठक स्थगित गरिएकाे छ ।

संविधान सभाकाे अर्काे बैठक असार १५ गते मंगलबार दिउँसाे २ बजे बस्ने सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताएका छन् ।

  पूर्स सहमति विपरीत संविधानको मस्यौदा तयार भएको भन्दै एकीकृत नेकपा माओवादीको हस्ताक्षर नगर्ने चेतावनी दिएपछि संविधान सभामा मस्याैदा पेश हुन सकेन ।

साँझ ७ बजे बस्ने भनिएको संविधानसधाकाे बैठक दलहरूवीच सहमतिको प्रयास लम्बिएपछि राति ९ बजेका लागि सारिएको थियो । तर, राति पाैने १ बज्दा पनि सहमति हुन नसेकपछि लावतीमाथि शाेक मनाउँदै  बैठक टुंगिएकाे हाे ।

साेमबार दिउँसो ३ बजे नै संविधानसभा बैठक बाेलाइएकाे थियाे । दर दलहरूसँग सहमति खाेज्न भन्दै साँझ ७ बजेलार्इ सारिएकाे थियाे । तर, संविधानसभामा पेश गर्नुपर्ने मस्याैदामा एमाअाेवादीले हस्ताक्षर गर्न नमानेपछि बैठक बस्न नसकेकाे हाे ।

संसदीय व्यवस्थालार्इ कृष्ण प्रसाद सिटाैलाले संविधानकाे प्रस्तावनामा राखेर अपरिवर्तनीय बनाउन खाेजेकाे र पहिले बनेकाे मस्याैदामा थपघट गरिएकाे एमाअाेवादीकाे अाराेप छ । मधेसी माेर्चाका नेताहरूले पनि मस्याैदाकाे विराेध गरेका छन् ।

एमाअाेवादी नेता नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्षलार्इ भेटेर यसबारे  अापत्ति जनाएका छन् । एमाओवादी एक नेताका अनुसार कांग्रेस र एमाले मस्यौदा सच्याउन तयार नभएसम्म आफूहरुले हस्ताक्षर गर्ने सम्भावना कम छ । १६ बुँदे सहमति, संवैधानिक राजनीतिक सम्वाद समितिले गरेको सहमति र अघिल्ल्लो संविधानसभाले गरेको सहमतिबाट समेत पछि हटेर मस्यौदा बनेको उनले बताए ।

एमाओवादीले फरक प्रस्ताव समेत तयार पारेको छ । साथै उसले ३० दलीय मोर्चामा आवद्ध १४ दलसँग छलफल गरेर संयुक्त फरक मतसमेत तयार पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment