Comments Add Comment

मंगलबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट मंगलबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले दाता सहायतामध्ये ५० अर्बमात्र बजेटमा, हृयाकरको निशानामा अनलाइन पोर्टल, जलवायु परिवर्तनले कृषि क्षेत्र अस्तब्यस्त रहेका खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा दाता सहायतामध्ये ५० अर्बमात्र बजेटमा, गुणस्तर परीक्षणबिनै जस्ता आयात गर्न पाइने, एमबीबीएस शुल्क ३५ लाख सिफारिस, कृषि बैंकका कर्मचारी ३४ करोड अपचलन गरी फरार, नेपाल बैंकले नेपाल इन्स्योरेन्सको सबै सेयर बेच्ने, नेप्सेमा ८ अंकको वृद्धिलगायतका खबर छन् ।

अभियान दैनिकमा बैंकिङ कसुरमा साढे २ अर्बको बिगो दाबी, हृयाकरको निशानामा अनलाइन पोर्टल, वित्तीय क्षेत्राधिकारमा केन्द्रीय सरकार बलियो, उपक्षेत्रीय मोटर वाहन सम्झौताका चुनौती, एक करोडको लागतमा स्पोर्टस पानी उद्योग लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा जलवायु परिवर्तनले कृषि क्षेत्र अस्तब्यस्त, धानमा मुलुकलाई आत्मनिर्भर बनाउने तयारी, श्रम सम्झौता गरी निःशुल्क कार्यान्वयन गर्न निर्देशन, एसियन इन्फ्रास्ट्रक्टर इन्भेस्टमेन्ट बैंकको विधानमा हस्ताक्षर, पानीको मूल्यमा मनोमानी, भूकम्पले धादिङमा ६९ अर्बको क्षति लगायतका खबर छन् ।

नागरिक दैनिकमा एसियाली पूर्वाधार बैंकमा ८ अर्ब लगानी, नेपाल बाहिरिन सकेन, श्रम सम्झौता गरेर मात्रः संसदीय समिति, राइस मिलले चामल आयात बढाए, तनहुँ-लाहमेयर सम्झौता, मेलामा तिब्बतीलाई मात्र फाइदा लगायतका खबर छन् ।

eco1

eco2

eco3

eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment