Comments Add Comment

यी हुन् बलिउड हिरोइनका आगामी फिल्म

सन् २०१५ को पनि आधा वर्ष सकिइसक्यो । यो अवधिमा धेरै हिरोईनले आफ्नो करिअर चम्काउने अबसर पाइसके । कंगना रनौत, दीपिका पादुकोण, आलिया भट्ट, श्रद्धा कपुर, करिना कपुर र प्रियंका चोपडाले यो अबधिमा राम्रै चर्चा पाए ।

तर, बलिउडमा धेरै राम्रा फिल्महरु लाइनमा छन् । सयौं करोड कमाउने फिल्म रिलिज गर्ने निर्माताहरु आ-आफ्नो डेट बुक गरेर तयारी अबस्थामा छन् । यो बर्ष कुन-कुन हिरोइन नयाँ फिल्मका साथ दर्शकमाझ आउँदैछन् ? तपाईका मन पर्ने नायिकाका पाइपलाइनमा रहेका महत्वकांक्षी फिल्हरु यस्ता छन् ।

Kangana

कंगना रनावतः बलिउडकी क्वीन भनिने कंगना रनौतले ‘तनु वेड्स मनु रिर्टन’ वाट राम्रै प्रसंसा बटुलिन् । कट्टी बट्टी, रंगुन, सिमरन र इमरान खानसँग अर्को एक अनाम फिल्ममा अभिनय गरेकी छिन् उनले ।

दीपिका पादुकोणः सन् २०१३ मा सर्वाधिक चर्चा पाएकी दीपिका पादुकोण अभिनित ‘पिकु’ पनि दर्शकलाई मन पर्‍यो । उक्त चलचित्रमा उनले निर्वाह गरेको चरित्रले दीपिकामा बेजेड अभिनय क्षमता रहेको समेत पुष्टि गर्‍यो । सञ्जयलीला भन्सालीको बाजीराब मस्तानी र तमाशा प्रदर्शन हुन बाँकी छ भने अन्य तीन फिल्ममा पनि यही वर्ष काम गर्दैछिन् उनी ।

आलिया भट्टः पछिल्लो पुस्ताको अभिनेत्री मध्ये सबैभन्दा चर्चित छिन् आलिया । ब्यससायिक र कलात्मक दुबै शैलीका फिल्ममा अभिनयको जादु चलाईसकेकी छिन् उनले । शानदार, उडता पञ्जाब, शुद्धि, कपुर एण्ड सन्स जस्ता फिल्म प्रदर्शन हुन बाँकी नै छन् ।

Karina-Kapur

करिना कपुरः सलमान खान अभिनित फिल्म ‘बजरंगी भाईजान’ यो वर्षकै चर्चित फिल्म हुने अनुमान छ । उक्त फिल्ममा नायिकाको रुपमा देखिएकी छिन् करिना कपुर । करिना अभिनित राजकुमार गुप्ताको अर्को एक फिल्म पनि प्रदर्शन हुने भएको छ ।

श्रद्धा कपुरः ‘आशिकी-२’ मा अभिनय गरेपछि सर्वाधिक चर्चामा आएकी थिईन् श्रद्धा कपुर । एबीसीडि-२ को सफलताले उत्साहित श्रद्धाको रकअन-२ र बाग्री प्रदर्शनको तयारीमा छन् ।

सोनम कपुरः मोडलिङमा सफल सोनम कपुरले अभिनयमा कमाल गर्न सकेकी छैनन् । यो वर्ष उनले सलमान खानसँग अभिनय गरेको ‘प्रेम रतन धन पायो’ ले प्रर्दशन पहिले नै राम्रै चर्चा पाएको छ । उनको यो सवैभन्दा अपेक्षा गरिएको फिल्म हो । अन्य दुई महिला चरित्र केन्दि्रत फिल्ममा पनि अभिनय गरेकी छिन् ।

priyanka-chopra

प्रियंका चोपडाः ‘मेरी कोम’ मा काम गरेर वाहवाही पाएकी प्रियंका चोपडा अभिनित दिल धड्कने दो ले पनि राम्रै ब्यापार गर्‍यो । बाजीराव मस्तानी र गंगाजल-२ प्रदर्शनको तयारीमा छन् । अमेरिकी टिभी सो क्वान्टिको पनि प्रशारण हुने भएको छ ।

अनुष्का शर्माः पिके प्रदर्शन भएपछि अनुष्का शर्माको तारिफ गर्नेहरुलाई निकै सजिलो भयो । उनको आफ्नै लगानी रहेको ‘एन एच १०’ ले लगानी सुरक्षित गरेको थियो भने, दिल धडकने दोलाई पनि दर्शकले मन पराए । करण जौहर निर्देशित ‘ए दिल है मुश्किल’ उनको आगामी फिल्म हो ।

विद्या वालान, विपाशा बसु र परिणीती चोपडाले खासै कमाल गर्न सकेनन् । आत्मा, क्रिएचर, अलोनमा अभिनय गरेकी विपाशाले खासै कमाल गर्न सकिनन् । तीन फिल्म असफल भएपछि विद्या वालनले पनि दर्शकलाई प्रभाव पार्न सकिनन् । निर्देशक मनीष शर्मासंग ब्रेकअप भएपछि परीणीति चोपडाको पनि करिअरमा ब्रेक लागे सरह भएको छ । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment