Comments Add Comment

काठमाडौं कोकिनको ट्रान्जिट बन्दै

१५ असार, काठमाडौं ।मलेसियाली स्टाफ नर्स मारिना बिन्ती जमालुद्दिन काठमाडौं, सुन्धारास्थित केन्द्रीय कारागारको महिला बन्दीगृहमा छिन्। ३६ वर्षीया मारिना २०७१ चैत २० मा कतार एयरबाट दोहा हुँदै नेपाल आएकी थिइन्। यहाँ दुई दिन यहाँ बसेर इटलीको रोम जान हिँडेकी उनी त्रिभुवन विमानस्थलमा खटिएको प्रहरी नजरमा परिन्। जिल्ला अदालत, काठमाडौंले गत साता उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो।

थाइल्यान्डकी सुपरित म्याकन्तोस चार वर्षदेखि नेपालकै कारागार छिन्। बैंककमा थाई फुड बेचेर चार सन्तानको पालनपोषण गर्दै आएकी उनी पनि मारिनाझैं काठमाडौंबाट क्वालालम्पुर जाने क्रममा विमानस्थल प्रहरीको फन्दामा परेकी थिइन्।

नामिबियाका रेमन्ड जुंगु ओपल (मार्केटिङ एक्जुकेटिभ), पाकिस्तानकी वृद्धाश्रम सहयोगी आइसा हुसेन र शिक्षिका लुई अर्थर निही अनि फिलिपिन्सकी रेडियो पत्रकार क्रिस्टिना अबेगार पनि अहिले नेपालका विभिन्न जेलमा छन्। रेमन्ड सर्वस्वसहित जन्मकैद मागदाबीको फैसला कुरेर बसेका छन् भने भने अन्य तीन जना १५ वर्षे कैद सजाय काट्दैछन्।

बेग्लाबेग्लै देश अनि बेग्लाबेग्लै पेसाका यी छ जना कारोबारी पहिलोपटक नेपाल आउँदै जेल परे। जेल पुग्नुको कारण भने सबैको एउटै थियो– कोकिन कारोबार।

२०६८ यता ब्राजिल हुँदै काठमाडौं आएका ६ कोकिन कारोबारी काठमाडौंमा पक्राउ परी जेल पुगेका छन्। नेपालमा यसको बजार शून्य रहे पनि कमजोर सुरक्षा, भ्रष्ट प्रशासन एवं फितलो कानुनको फाइदा उठाउन उनीहरुले काठमाडौंलाई ट्रान्जिट बनाएर युरोपेली बजारमा कोकिन पुर्या्इरहेको प्रहरी अनुसन्धानले देखाएको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment