Comments Add Comment

चेल्सी फ्यानलाई पत्र लेख्दै आर्सनल गए पिटर चेक

Petr Cech

१५ असार, काठमाडौं । चेल्सीका गोलकिपर पिटर चेक १० मिलियन पाउण्डमा आर्सनल गएका छन् ।

चेक गणतन्त्रका ३३ वर्षका चेकले आर्सनलसँग चार वर्षे सम्झौता गरेका छन् । ११ सिजन स्टामफोर्ड ब्रिजमा विताएका उनले ४०० बढी खेल खेलेका छन् ।

तर, गत सिजन उनले प्रिमियर लिगमा सात खेल मात्र खेल्न पाए । उनको स्थान बेल्जियमका थिबाउट कोर्टोयोसले लिएका छन् ।

चेल्सीका सार्थकहरुलाई पत्र खेल्दै चेकले स्टामफोर्ड ब्रिजमै सन्यास लिने इच्छा पुरा नभएको बताए । उनले भने–जीवनमा सँधै आफूले चाहेको जस्तो जहुँदो रहेछ ।’

गत सिजन आफू धेरै समय पहिलो रोजाइमा नपर्ने थाहा भएपनि क्लब छाड्ने उपुक्त समय नभएको भन्दै आफू बसेको उनले बताएका छन् । उनले भने–‘तर, मेरो अवस्था सुधार भएन । तर, मेरो करियर बेन्चमा बस्ने अवस्थामा पनि छैन । त्यसैले मैले क्लब छाड्ने निर्णय गरेँ ।’

आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले पिटर चेक क्लबमा आवद्ध हुने निर्णयबाट आफू खुसी हेको बताए ।

गोलकिपर चेक २००४ मा फ्रान्सेली क्लब रेनसबाट चेल्सीमा आवद्ध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment