Comments Add Comment

जुकरबर्ग सँगको ‘विशेष सम्बन्ध’बारे के भनिन् शेरिलले ?

sheryl-sandberg-mark-zuckerberg-3

शेरिल स्याडबर्ग फेसबुकको प्रमुख कार्यसंचालन अधिकृत अर्थात् सिओओका रुपमा सन् २००७ मा फेसबुकमा छिरेकी हुन् । कम्पनीमा उनले उच्चस्तरीय व्यवस्थापकको रुपमा जुन सफलता प्राप्त गरेकी छिन् त्यसको प्रमुख कारकको रुपमा फेसबुक संस्थापक मार्क जुकरबर्गसँगको उनको विशेष सम्बन्ध पनि रहेको उनी आफैले स्विकार गरेकी छिन् । सिंघुवा युनिभर्सिटी स्कुल अफ इकोनोमिक्स एण्ड म्यानेजमेन्टका विद्यार्थीहरुको दिक्षान्त समारोहलाई हालै सम्बोधन गर्दै शेरिलले फेसबुकमा आफ्नो सफलता जुकरबर्गसँगको सम्बन्धमा निर्भर रहेको खुलासा गरेकी हुन् ।

उनका अनुसार जुकरबर्ग र उनीबीचमा विशेष खालको सम्बन्ध छ । त्यो विशेष सम्बन्ध पूर्णतः व्यवसायिक तथा सिर्जनात्मक खालको छ । आफुले फेसबुकमा सिओओको जिम्मेवारी लिने बित्तिकै उनले जुकरबर्गसँग एउटा शर्त राखिन् अर्थात् अनुरोध गरिन्-हरेक हप्ता आफुलाई आफ्नो कामका बारेमा पृष्ठपोषण दिनुपर्ने तथा कुनै समस्या भएको भएपनि खुलस्त रुपमा भन्ने । जुकरबर्गले उनको त्यो प्रस्ताव मन पराएनन् मात्र उल्टै शेरिलसँग पनि त्यस्तै प्रस्ताव राखे र भने तिमीले पनि हरेक हप्ता मलाई पृष्ठपोषण दिनुपर्छ र परेका समस्या तथा आइडियाको बारेमा खुलस्त कुरा राख्नुपर्छ । जुकरबर्गले यस्तो सम्बन्ध रेसिप्रोकल हुनुपर्ने बताएको शेरिल सम्भिmन्छिन् ।

‘सुरुका केही हप्ता हामी यो कार्यतालिका अनुसार नै हरेक शुक्रबार दिउसो भेट गर्यौँ र साना-ठूला चासो तथा चिन्ता र समस्याहरुको बारेमा छलफल गर्यौँ’, शेरिल भन्छिन्, ‘वर्षहरु बित्दै जाँदा इमान्दार प्रतिक्रियाहरु शेयर गर्ने हाम्रो क्रम हामीबीचको सम्बन्धको एक पाटो बन्यो र अहिले हामी यस्तो भलाकुसारी तथा अन्तरक्रियाको लागि सप्ताहन्त कुर्दैनौँ र तत्कालै भेटघाट गरेर कुराकानी गछौं ।’

जुकरबर्गको प्रसंसा गरेर थाक्दिनन् शेरिल । आफ्ना कर्मचारीहरुले आफुप्रति गरेको आलोचना तथा गुनासो सुन्ने र स्विकार गर्ने बानी छ जुकरबर्गको । हाकिम र कर्मचारीको बीचमा पूर्ण रुपमा पारदर्शिता कायम गर्न गाह्रो हुने कुरा आफुलाई थाहा भएपनि जुकरबर्गको स्वच्छता तथा पारदर्शिता मननीय रहेको उनी बताउँछिन् ।

सुरुका दिनहरुमा आफुले आफ्ना कर्मचारीहरुलाई सामुहिक बैठकहरुमा दिइने प्रस्तुतीमा पावर प्वाइन्ट प्रस्तुती नगर्न अनुरोध गर्ने गरेको उनी सम्झिन्छिन् । यस्तो प्रस्तुतीले बैठकलाई बढि औपचारिक बनाउने र त्यसबाट कर्मचारी र हाकिमका साथै सहकर्मी कर्मचारीबीचमै पर्याप्त अन्तरक्रिया हुन नपाउने उनको विश्वास थियो । दुइवर्ष पछि त उनले फेसबुकका कर्मचारीहरुको बैठकमा पावर प्वाइन्ट प्रस्तुतीलाई पूर्ण रुपमा बन्देज नै लगाइन् ।

त्यसको एक महिनापछि उनले फेसबुकका विश्वभरका व्यापार विभागसँग सम्बद्ध कर्मचारीको भेलालाई सम्बोधन गर्नु थियो । उक्त सम्बोधनका बेला उनीसँग प्रस्तुतीका लागि कुनै पावर प्वाइन्ट थिएन । त्यसैले उनलाई कसैले भनिहाल्यो- तिमी भाषणका लागि मन्चमा उक्लिने बित्तिकै पावर प्वाइन्ट नभएको थाहा पाएसँगै सबै मानिस निरास हुनेछन् ।

ग्राहक सम्बन्धि बैठकका लागि पावर प्वाइन्टबाट स्लाइड शो गर्नु आवश्यक हुनेमा आफुले त्यस्तो नगरेकोमा उनी सुरुमा त स्तब्ध भइन् । तर आफ्ना कर्मचारीसँगको बैठकलाई कुनै ग्राहक सँगको बैठक जस्तो रुपमा आफुले नलिने र सोही ढंगबाट प्रस्तुत हुने निधो गरिन् ।

आफुले जुकरबर्ग सँग स्थापित गरेको पारदर्शिता कम्पनीको हरेक तहमा, हरेक कम्पनीमा तथा हरेक मामिलामा स्थापित हुनुपर्ने उनको भनाइ छ । यदि कर्मचारीहरु आफ्ना हाकिमसँग इमान्दारितापूर्वक बोल्न डराउँछन् भने त्यसबाट उत्पन्न हुने भ्रमले कम्पनीको व्यवसायमै नकारात्मक असर पूराउन सक्ने उनको तर्क छ । हाकिम र कर्मचारीबीच प्रभावकारी संचार हुनुपर्ने र कुनै भ्रम हुन नहुने कुरामा उनी प्रष्ट छिन् ।

आफ्नो पावर प्वाइन्ट प्रस्तुतीको नियमका विषयमा गलत व्याख्या भएको सुनेपछि उनले कर्मचारीहरुलाई प्रस्टैसँग भनेकी थिइन्, ‘बैठकमा प्रस्तुतीकरण नगरेको जस्ता खराब कुराहरुको बारेमा कतै सुन्नुभयो भने भनिहाल्नुहोला । त्यस्तो आलोचना मैप्रति लक्षित भएको रहेछ भने पनि मलाई भन्नुहोला । तपाइँ गलत हुनुहुँदो रहेछ भनेर मलाई भन्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment