Comments Add Comment

चीनमा एक वर्षमा ११ लाख कम्युनिस्ट सदस्य थपिए

१५ असार, बेइजिङ । विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल मानिएको चिनिया कम्युनिस्ट पार्टीका संगठित सदस्यको संख्या ८ करोड ७७ लाख ९३ हजार पुगेको छ ।
Chaina
चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत संग्ठन बिभागले सन् २०१४ को अन्त्य सम्ममा पार्टी सदस्यता बढेर सो संख्या पुगेको जनाएको छ । यो संख्या सन् २०१३ को तुलनामा एक दशमलब ३ प्रतिशतले बढेको चिनिया कम्युनिष्ट पार्टीलाई उधृत गर्दै सिन्हृवाले जनाएको छ ।

यस अनुसार पछिल्लो एक वर्षमा चिनिया कम्युनिस्ट पार्टीमा १० लाख दश हजार सात सय नयाँ सदस्य थपिएका छन् । चिनिया कम्युनिस्ट पार्टीका तल्लो इकाहरुको संख्या ४० लाख ३६ हजार पुगेको छ ।

चिनिया कम्युनिस्ट पार्टी स्थापना भएको ९४ औं वर्षगाँठको पूर्व सन्ध्यामा पार्टीले एक विज्ञप्ति जारी गर्दै सदस्यता संख्या र पार्टी कमिटीहरुको संख्या बढेको जनाएको छ ।

चिनिया कम्युनिस्ट पार्टीले चीनमा कम्युनिस्ट पार्टीको क्षमता र महत्व अझ बढेको दावी गरेको छ । चिनिया कम्युनिस्ट पार्टीको स्थापना  १ जुलाइ १९२१ मा माओ त्से तुङ लगायतका नेताको अगुवाइमा भएको थियो ।

कम्युनिस्ट पार्टी स्थापना भएको २८ वर्षपछि माओकै नेतृत्वमा भएको सशस्त्र क्रान्तिले चीनमा जनवादी गणतन्त्र स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment