Comments Add Comment

सेती नदी तर्दा बेपत्ता भएका चार जना अझै भेटिएनन्

१५ असार, कैलाली । बझाङको सदरमुकाम चैनपुरवाट झण्डै चार दिनको पैदल दुरीमा रहेको काडाँ गाविस- ७ मा सेती नदीमा तर्ने क्रममा बगेर वेपत्ता भएका ४ जना अहिले सम्म फेला परेका छैनन् ।

सुदुरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक रामकुमार खनालका अनुसार यार्सागुम्वा टिप्न गएका २१ जनाको समुहमा रहेकाहरु श्याम वनबाट चालना वन जान सेती नदीमा काठको साँघु बनाएर तर्ने क्रममा ४ जना बगेर बेपत्ता भएका हुन ।

बगेर वेपत्ता हुनेमा बझाङ कैलाश गाविसका २५ वर्षीय महेश सिंह, ४० वर्षीय कुन्ते शाही, २८ वर्षीय शुभन सिंह र ४० वर्षीय डम्बरबहादुर सिंह रहेको डिआइजी खनालले बताए ।

घटनास्थल सदरमुकाम चैनपुरबाट निकै टाढा रहेको र अन्य कुनै सम्पर्क माध्यम नभएका कारण प्रहरी मंगलबार घटनास्थल पुगे पनि कुनै जानकारी अहिलेसम्म नआएको डिआईजी खनालले बताए । आइतबार साँझ ४ बजेतिर बगेर वेपत्ता भएपनि दुर्गम र जंगलमा भएकाले सोमबार बिहान मात्र प्रहरीलाई जानकारी भएको थियो ।

धुली प्रहरी चौकीवाट प्रहरी घटनास्थलतर्फ गएको खनालले बताए । संगै रहेका अन्य १७ जना सकुशल रहेको उनले बताए ।

दीपक उपाध्यायबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment