Comments Add Comment

अब प्रयोगशालामै मानिसको रगत उत्पादन हुने

bload

निकट भविष्यमा अब रक्तदानका लागि मानिसहरु खोजिरहनुपर्ने छैन । आफ्नो समूहको रगत नपाएर विरामीको ज्यानै जोखिममा पर्ने अवस्थाको पनि अन्त्य हुनेवाला छ । किनकी बेलायतमा प्रयोगशालामै मानिसको कृत्रिम रगतको उत्पादन हुँदैछ ।

बेलायतको नेसनल हेल्थ सर्भिसले आगामी दुइ वर्षभित्रमा प्रयोगशालामा बनाइएको रगतको परीक्षण गर्ने बताइसकिएको छ ।

यो परीक्षणका लागि मूल कोशिका अर्थात् स्टेम सेलबाट ठूलो मात्रामा नयाँ रक्त कोशिकाहरु तयार गरिनेछ । प्रयोगशालामा बनेको रगतको सुरक्षा जाँचका लागि करीब २० जना मानिसको सरीरमा उक्त रगत दिइनेछ ।

एनएचएस ब्लड एण्ड ट्रान्सप्लाटका अनुसार त्यो एक ऐतिहासिक क्षण हुनेछ र एनिमिया लगायतका विरामीको उपचारका लागि निकै सहयोग हुनेछ ।

प्रायः मानिसहरुमा सामान्य रुपमा नपाइने ब्लड ग्रुप भएका विरामीहरुका लागि त्यो कृत्रिम रगत विशेष रुपमा लाभदायी हुने बताइएको छ । पछिल्लो समयमा रक्तदाताको संख्या घट्दै गएपछि त्यसको विकल्पको रुपमा एनएचएसले कृत्रिम रगतको उत्पादन गर्न थालेको हो ।

सन् २०१७ को सुरुवातमा हुने यो परीक्षण बेलायतको बि्रस्टल, क्याम्बि्रज तथा अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा गर्नेछन् ।

परीक्षणको सुरुवातमा विरामीको साटो स्वस्थ मानिसमा ५ देखि १० मिलिमिटर सम्म कृत्रिम रगत प्रत्यारोपण गरिनेछ । यो मात्रा विरामीलाई एक पटकमा दिइने एक युनिट रगत अर्थात् ४७० मिलिमिटर भन्दा निकै कम हो ।

एनएचएस ब्लड एण्ड ट्रान्सप्लान्टका डाक्टर निक वाटकिन्सका अनुसार विश्वभरका वैज्ञानिकहरु राता रक्तकोषको निर्माणको विधिमा अनुसन्धान गरिरहेका छन् ता की विरामीको उपचारमा रक्तदानको विकल्प उपलब्ध हुन सकोस् ।

रगतको तुलना
वाटकिन्सका अनुसार कृत्रिम रगतको परीक्षणका क्रममा प्रयोगशालामा बनेको रगतको तुलना कुनै दाताबाट प्राप्त प्राकृतिक रगतसँग गरिनेछ ।

उनका अनुसार २०१७ सम्म रगतको चिकित्सा परीक्षण सुरु हुनेछ । यद्यपि कृत्रिम रगतलाई रक्तदानको विकल्पको रुपमा ल्याउन नचाहेको भएपनि विशेष खालका विरामीको उपचारका लागि आफुहरुले यसको प्रयोग गर्न चाहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment