Comments Add Comment

युनेस्कोको प्रधान कार्यालयमा बुद्धको मुर्ति

unessko-buddha-2

वसन्त रानाभाट

स्पेन । फ्रान्सको पेरिसस्थित युनेस्कोको प्रधान कार्यलयमा रहेको गौतम बुद्धको मूर्ति एक विशेष समारोहबीच अनावरण गरिएको छ।

नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) लाई उपहार स्वरूप प्रदान गरिएको मूर्तिको अनाबरण गरिएको हो।

पेरिसस्थित नेपाली दुताबासका राजदूत अम्बिकादेवी लुइँटेल र युनेस्कोका महानिर्देशक ईरिना बोकोभाले संयुक्त रुपमा मूर्तिको अनावरण गरेको दुतावासद्वारा जारी विज्ञप्तिमा जनाईएको छ।

समारोहलाई सम्बोधन गर्दै राजदूत लुइँटेलले भूकम्पबाट क्षति भएका ऎतिहासिक र पुरातात्विक स्मारक र भवनहरुको पुनर्निमार्णमा आर्थिक सहयोग उपलब्ध गराउँन युनेस्को लगायत दाता राष्ट्रहरुलाई अनुरोध गरिन्।

उनले बुद्धको जन्म थलो लुम्बिनीको विकासको लागि नेपाल सरकार प्रयासरत रहेकोले अन्तराष्ट्रिय सहयोग गर्न अपिल गरेकी थिईन्।

युनेस्कोका महानिर्देशक बोकोभाले बुद्धको मूर्ति ७० औं बार्षिकउत्सवको अवसरमा उपहार प्रदान गरिएकोमा नेपाल सरकारलाई धन्यबाद ब्यक्त गरिन्। उनले नेपालको पुननिर्माणमा युनेस्कोले दृढताका साथ सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरिन्।

कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख रामबाबू ढकालेले बुद्धको जन्मस्थल,बौद्द दर्शन लगायतकोबारेमा विवरण प्रस्तुत गरेका थिए।

गतसाता सम्पन्न विशेष समारोहमा युनेस्कोका लागि बिभिन्न देशका राजदूत, स्थायी प्रतिनिधिहरु, कुटनीतिज्ञहरु, बरिष्ठ अधिकृतहरु, कर्मचारीहरु, पत्रकार लगायतको उपस्थिति थियो।

हिमालय आर्ट नेटवर्कका मूर्तिकार सुरेन्द्र शाक्यले उक्त मूर्तिको निर्माण गरेको दूतावासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment