Comments Add Comment

“एनआरएन यूरो कप” को उपाधि बेल्जियमलार्इ

nrn euro champ

वसन्त रानाभाट

स्पेन । युरोपमा रहेका गैरआवासीय नेपालीहरुबीच भएको “एनआरएन यूरो कप” को उपाधि बेल्जियमले जितेको छ । फाईनल खेलमा एनआरएन हल्याण्डको समूहलाई पराजित गर्दै बेल्जियमको चहलपहल समूहले उपाधि चुमेको हो।

अति नै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न प्रतियोगिताको फाईनलमा हल्याण्डलाई ३-२ को गोल अन्तरले पराजित गर्दै चहलपहलले जित दर्ता गराएको हो।

यस्तै  बेल्जियम कै एन बि जुनियर क्लबले तेस्रो स्थान हासिल गर्यो। बिजेता टिम चहलपहलले दुई हजार एक सय स्विस फ्रान्क (करिब २ लाख ३० हजार रुपैयाँ), उपबिजेता होलाण्डले एक हजार तीन सय स्विस फ्रान्क (करिब १ लाख चालिस हजार रुपैयाँ) र तेस्रो बनेको एनबी जुनियर क्लबले सात सय स्विस फ्रान्क (करिब ७५ हजार रुपैयाँ) पाप्त गरेका छन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्विजरल्याण्ड एवम् स्विसवासी नेपालीहरुको आयोजनामा दुई दिन सम्म चलेको प्रतियोगिता हेर्न युरोपका बिभिन्न मुलुकहरुबाट नेपालीहरु पुगेका थिए।

प्रतियोगितामा बेल्जियमबाट सर्बाधिक ५, जर्मनीका २ र स्पेन, ईटली, फिनल्याण्ड, पोर्चुगल, नेदरल्याण्ड, लक्जम्बर्ग, डेनमार्क, नर्वे र स्विजरल्याण्डबाट एक एक गरी १६ टिमले सहभागिता जनाएका थिए।

स्विजरल्याण्डका लागि नेपाली राजदूत दीपक धिताल र गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष भवन भट्ट, यूरोप क्षेत्रका संयोजक अर्जुनकुमार श्रेष्ठ लगायतले उपस्थिति जनाउँदै खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment