Comments Add Comment

दश महिनामा ४ खर्ब ८९ अर्ब रेमिटान्स भित्रियो

१५ असार, काठमाडौं । विदेशमा काम गर्ने नेपालीहरुले चालू आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्म ४ खर्ब ८९ अर्ब रुपैयाँ नेपाल पठाएका छन् । गत वर्षको यसै अवधिमा ४ खर्व ४४ अर्व रेमिट्यान्स आएको थियो ।

remitanceनेपाल राष्ट्र बैंकले रेमिटान्सलाई बैंकिङ च्यानलबाट ल्याउन कडाइ गरेपछि रेमिटान्स गत वर्षको यसै अवधिको तुलनमा १० प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको साउन महिनामा रेमिटान्स २९ प्रतिशतले घटेको थियो ।

‘राष्ट्र बैंकले हुण्डीको कारोबारमा कडाइ गरेपछि बैंकिङ च्यानलबाट आउने रेमिटान्स बढेको हो’ राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठले भने ।

विदेश गएका नेपालीले रेमिट्यान्सको सट्टा सुन, मोवाइल, टिभीलगायतका भौतिक सामान ल्याउने भएकाले पनि रेमिट्यान्स घटेको डा. श्रेष्ठको भनाइ छ ।

‘झिटीगुन्टा व्यवस्था’ अन्र्तगत विदेशबाट फर्किने सर्वसाधारणले प्रतिव्यक्ति ५० ग्राम (४.३) तोला सुन विनाभन्सार ल्याउन पाउने सुविधा छ । यो सुविधा अन्र्तगत सुन ल्याएर नेपाली बजारमा बिक्री गर्दा २५ देखि ३० हजार रुपैयाँसम्म फाइदा हुने गरेकाले विदेशबाट फर्किनेहरु त्यसतर्फ आकषिर्त भएका हुन ।

रेमिट्यान्स आप्रबाह (मासिक)

महिना वृद्विदर
बैशाख १०
चैत ७.१
फागुन
माघ २.९
पुस ३.९
मंसिर २.७
कात्तिक ०.८
असोज -०.६
भदौ -४.०
साउन -२८.९

त्यस्तै, विदेशमा ६ महिनाभन्दा बढी बसेर फर्किने कामदारले ३२ इन्चभन्दा कमको टेलिभिजन ल्याउँदा भन्सार नलाग्ने व्यवस्थाले पनि रेमिटान्स घटेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

बैदेशिक रोजगार विभागका अनुसार अहिले करिब ३७ लाख नेपाली विभिन्न देशमा काम गरिरहेका छन् ।

भूकम्पले रेमिटान्स बढायो

बैशाख १२ र २९ गते गएको बिनासकारी भूकम्पले रेमिटान्स आप्रबाहमा वृद्धि गरेको विश्लेषण गरिएको छ । भूकम्पबाट आˆनो घर परिवारमा क्षति पुगेपछि बैदेशिक रोजगारीमा रहेकाहरुले रकम पठाउन थालेका हुन् ।

त्यसैगरी, भूकम्प पीडितहरुको राहतका लागि भन्दै विभिन्न बैंक तथा रेमिट्यान्स कम्पनीले निश्चित रकमसम्म नेपाल पठाउँदा कुनै शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment