Comments Add Comment

बेल्जियममा आस्थाको ‘झुम्के बुलाकी’, अशिष्माको ‘कोकाकोला फिगर’

belgium-ma-kalakarबेल्जियमको पासा पुचले आयोजना गरेको च्यारिटी कन्सर्टमा प्रमोद खरेल, आस्था राउत र विवेक श्रेष्ठले आफ्नो प्रस्तुती दिएका छन् ।

गायिका आस्था राउतले ‘झुम्के बुलाखी’ बोलको गीत गाएर बेल्जियमवासी नेपालीलाई दंग पारेकी छिन् ।

यस्तै, नायका अशिष्मा नकर्मीले ‘कोकाकोला फिगर’ बोलको गीतमा नृत्य गरेर माहोल तताइन् । नेपालका भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने उद्दृेश्यले आयोजना गरिएको कार्यक्रममा दर्शकको उपस्थित उल्लेखनिय थियो ।

गायिका राउतले आफूहरुको प्रस्तुती हेरेर दर्शक खुबै खुशी भएको बताइन् ।

अब एक महिनासम्म नेपालका यी चर्चित कलाकार यूरोपका विभिन्न देशमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । गायकद्धय प्रमोद खरेल र विवेक श्रेष्ठले पनि आफ्ना चर्चित गीतहरु गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment