Comments Add Comment

अष्ट्रेलियाको एनआरएनमा समीरको उम्मेदवारी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसीसी)को को आसन्न निर्वाचनमा गायक समीर आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

sameer acharyaविगत ८ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका समीर अष्ट्रेलियामा आफ्नै ब्यवसाय सञ्चालन गर्दै आएका छन् । लामो समयदेखि अष्ट्रलियामै रहेका उनी त्याहा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् ।

सन् २०१३ देखि २०१५ एनआरएन अष्ट्रेलियाको स्टेट मेम्बरको रुपमा काम गर्दै आएका समीर संगीत क्षेत्रमा पनि उत्तिकै रुची राख्छन् । उनले दुई वटा एल्बम बजारमा ल्याइसकेका छन् ।

उनले अष्ट्रेलियाका नेपालीहरुको दुःख सुखमा साथ दिँदै नेपाली कला संस्कृतिलाई विश्वसामु चिनाउने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment