Comments Add Comment

नागरिक सेवा समाज यूएईको ६ लाख सहयोग

यूएई । नागरिक सेवा समाज युएइले नेपालमा गएको नेपालका भूकम्पपीडितहरुका लागि ६ लाख बराबरको राहत सामग्री वितरण गरेको छ । समाजले गोरखा, धादिङ लगायतका प्रभावित क्षेत्रमा गई राहत सामग्री वितरण गरेको थियो ।

uae relefसमाजको पछिल्लो राहत गरिएको वितरण कार्यक्रमको समीक्षा वैठकमा अध्यक्ष प्रभाकर पौडेलले राहत वितरणमा भएको खर्च विवरण जानकारी गराएका थिए ।

गोर्खाको धावा गाविसमा एकलाख ६ हजार रुपैयाँ बराबरको राहत सामग्री, धादिङको झाम्रुङ गाविसमा एकलाख बराबरको खाद्यान्न वितरण भएको पौडेलले बताए ।

उनले सहयोग संकलन अभियानमा संयोजकको भूमिका निर्वाह गरेका उपाध्यक्ष राजु केसी, गोर्खाको राहत वितरणमा प्रत्यक्ष सहयोग गर्ने विक्रम काफ्ले, बालचन्द्र पोखरेल, शंकर धमला, चन्द्रकला श्रेष्ठ, संगीत श्रेष्ठ तथा धादिङ्गमा प्रत्यक्ष सहभागी चन्द्रबहादुर रोकाया र सुरेश शर्माप्रति आभार ब्यक्त गरे ।

बैठकले नागरिक सेवा समाज यूएईले भूकम्पपीडितका लागि निकट भविष्यमा नै गर्न गइरहेको सहयोगको घोषणा गरिएको थियो ।

उक्त घोषणाअनुसार मानेडाँडा उच्च मावि दोलखाको लागि नेरु एक लाख, बौद्धिक अपाङगता अभिभावक समाज लुभु निमार्णको लागि नेरु ५० हजार, शारदा प्रावि तनहुँ, शुुक्ला गण्डकी गुर्दुङको निर्माणको लागि नेरु ५० हजार स्याङ्गजा जिल्लाको भूकम्प पीडितको लागि ५० हजार र बाग्लुङ्गको लागि ५० हजार रहेको सचिव संजय महतले बताए ।

आगामी दिनहरुमा पनि सहयोग लाई प्रभावकारी तरिकाले सम्बन्धित पीडितहरुको हातमा पुग्ने गरेर वितरण अभियान जारी रहने समाजका सल्लाहकार बालकृष्ण मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment