Comments Add Comment

अमिताभ, सलमान र अक्षय सर्वाधिक कमाउने कलाकार, धोनी पनि सूचीमा

salman-amitabh-and-dhoni
बलिउड नायक अमिताभ बच्चन, सलमान खान, अक्षय कुमार र भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी एकसय सर्बाधिक कमाउने सेलीब्रेटीको सूचीमा परेका छन् । यो सुचीमा अमेरिकी बक्सर फ्लाईड मेवेदर शीर्ष स्थानमा छन् ।

‘फोब्स २०१५ सुची ‘सेलिब्रेटी १०० द वल्र्ड टप पेड इन्टरटेनर्स २०१५’ मा मेवेदर ३० करोड डलर कमाई गर्दै पहिलो स्थानमा सुरक्षित छन् ।

यही एलिट विश्व क्लबमा स्थान बनाएका छन् अमिताभ बच्चन र सलमान खानले । उनीहरु सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको सूचीमा ७१ औं स्थानमा छन् । अमिताभ र सलमानको कमाई ३.३५ करोड डलर  छ । ३.२५ करोड डलर कमाई गर्दै नायक अक्षय कुमार ७६ औं स्थानमा छन् ।

३.१ करोड डलर कमाई गरेका महेन्द्र सिंह धोनी ८२ औं स्थानमा छन् । बलिउडका चर्चित स्टार शाहरुख खान यो सूचीमा परेका छैनन् । बलिउडका कुनै पनि नायिकाले १ सय स्थानमा नाम सुरक्षित गर्न सकेका छैनन् ।
फोब्सले सन् १९९९ देखि हरेक वर्ष १०० जनाको सूची प्रकाशन गर्दै आएको छ । फोब्सले मनोरञ्जन दुनियाँमा यसपटक जर्बजस्ती परिवर्तन भएको उल्लेख गरेको छ ।

फोब्सको भनाई अनुसार विश्वका १०० सर्वाधिक पेड सेलीब्रेटीलाई यो सूचीमा राख्ने गरिएको छ । तर, कुन देशको हो भनेर कहिल्यै हेरिएको छैन ।

फोब्सले अमिताभको वारेमा टिप्पणी गर्दै भनेको छ-‘५० वर्षको फिल्मी करिअरमा १५० भन्दा धेरै फिल्ममा उनले काम गरेका छन् । ‘कौन बनेगा करोडपति’ सुरु गरेपछि उनको आर्थिक अवस्था मजबुत भएको थियो ।
सोही पत्रिकाका अनुसार ८० भन्दा बढी फिल्ममा काम गरेका सलमान भारतका सबै भन्दा ठूला स्टार हुन् । अक्षय कुमारलाई सबै भन्दा ब्यस्त कलाकारको सूचीमा राखिएको छ ।

यो सूचीमा १२ महिनामा मनोरञ्जनको क्षेत्रमा सबै भन्दा धेरै कमाउनेहरुलाई स्थान दिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment