Comments Add Comment

माइक्रोम्याक्सले भित्रायो आकर्षक तीन स्मार्टफोन

काठमाडौं । भारतीय मोबाइल ब्रान्ड माइक्रोम्याक्सले तीनवटा मोडल नेपाली बजारमा भित्राएको छ । कम्पनीले माइक्रोम्याक्स बोल्ट डी२००, माइक्रोम्याक्स बोल्ट क्यू३३५ र माइक्रोम्याक्स क्यानभास निट्रो इ३११ मोडल नेपाल भित्राएको हो ।

निट्रो इ३११

माइक्रोम्याक्स क्यानभास निट्रो इ३११ मा ४.४.२ एन्ड्रोइड टिकक्याट ओएस अपरेटिङ सिष्टम रहेको छ भने १.४ गीगाहर्ज अक्टाकोर प्रोसेसर रहेकको छ । जसले गर्दा यो मोडल अघिल्ला मोडलको तुलनामा छिटो चल्छ ।

Micromax-Nitro-E311-Final

यसमा ५ इञ्चको गोरिल्ला ग्लास थ्री भएको एचडी आइपीएस टचस्कि्रन रहेको छ । यस मोडलमा क्यामेरालाई उच्च प्राथमिकता दिइएको छ । यसको पछाडि १३ मेगापिक्सेल क्यामेरा रहेको छ भने अगाडि ५ मेगापिक्सेल क्यामेरा रहेको छ । जसले गर्दा उत्कृष्ट तस्विर तथा भिडियो कैद गर्न सकिन्छ ।

यसमा २ जीबी र्‍याम, १६ जीबी रोम, ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने, २४०० एमएएच क्षमताको ब्याट्री लगायतका सुविधाहरु रहेका छन् ।

यस मोडलमा ७.५ मिमीको सिल्क र्फम फ्याक्टर रहेको छ । जसले फोनलाई झनै आकर्षक बनाएको छ । कम्पनीले यो मोडल स्टाइल र पावरको राम्रो मिश्रण मानेको छ ।

नेपाली बजारमा निट्रो इ३११ को मूल्य २१ हजार १ सय २० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

बोल्ट क्यू३३५

Micromax_Bolt_Q335-Final

माइक्रोम्याक्स बोल्ड क्यू३३५ मोडल पनि ४.४.२ एन्ड्रोइड किटक्याट ओस अपरेटिङ सिष्टममा चल्छ । यसमा ४.५ इञ्चको डब्लूभीजीए स्क्रिन र १.२ गीगाहर्जको प्रोसेसर रहेको छ ।

यस मोडलमा ५१२ एमबी र्‍याम र ४ जीबी रोम रहेको छ । जसलाई ३२ जीबीसम्म विस्तार गर्न सकिन्छ । ५ मेगापिक्सेल रियर क्यामेरा, २ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको यस मोडलमा थ्रीजी, वाईफाई, ब्लूटुथ, युएसबी, १६५० एमएएच क्षमताको ब्याट्री लगायतका सुविधाहरु रहेका छन् ।

यसको मूल्य नेपाली बजारमा ८ हजार ४ सय ७० रुपैयाँ रहेको छ ।

बोल्ट डी२००

Micrmax-Bolt-D200-Final

माइक्रोम्याक्स बोल्ट डी२०० मोडल कम्पनीको सबैभन्दा नयाँ डुअल सीमफोन हो । यसमा १.३ गीगाहर्जको डुअल प्रोसेसर रहेको छ भने ३.३ इञ्चको एचभीजीए स्क्रिन, ४.४.२ एन्ड्रोइड किटक्याट अपरेटिङ सिष्टम रहेको छ ।

यसका साथै ५१२ एमबी र्‍याम, ५१२ एमबी रोम, ०.३ एमी रियर क्यामेरा, ०.३ एमपी फ्रन्ट क्यामेरा लगायतका सुविधाहरु रहेका छन् । यसको मूल्य नेपाली बजारमा ५ हजार ८२ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment