Comments Add Comment

निखिलको ‘नाच भैरे नाच’, देखियो सिक्स प्याक(भिडियो)

nikhil-in-bhairav
नायक निखिल उप्रेतीले आफै निर्देशन गरेको चलचित्र ‘भैरव’ भाद्र ११ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा समावेश ‘नाच भैरे नाच’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा नायक निखिल उप्रेतीको साथमा जयकिशन बस्नेत र अन्य थुप्रै कलाकारले नृत्य गरेका छन् । प्रहरीहरुको रमाइलोको बिषयलाई आधार बनाएर यो गीत तयार पारिएको छ ।

गीतमा सुरेश अधिकारीको शब्द तथा  संगीत छ । निर्माता समेत रहेका जोहन दरुवाल्लको आवाज रहेको यो गीतमा नायक निखिल उप्रेतीले आफ्नो सिक्स प्याक शरीर पनि देखाएका छन् ।

चलचित्रमा निखिलका साथमा अनु शाह, मुरलिधर, जयकिशन बस्नेत, नागेन्द्र रिजाल लगायतका कलाकारको अभिनय छ । पूर्वको विभिन्न स्थानमा हुने गरेको चोरी र कालो बजारीको बिषयमा यो चलचित्र निर्माण भएको छ । ५ बर्षपछि चलचित्र बजारमा फर्किएकाले पनि निखिलका लागि यो चलचित्र विशेष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment