Comments Add Comment

पाल्पामा एक करोड ७४ लाखको छात्रवृत्ति वितरण

१६ असार, पाल्पा । जिल्ला शिक्षा कार्यालयले यस शैक्षिकसत्रमा करिब रु एक करोड ७४ लाख छात्रवृत्ति वितरण गरेको छ ।

प्रावि अपांग छात्रवृत्ति १९ लाख ८६ हजार रूपैयाँ, दलित छात्रवृत्ति २७ लाख ७७ हजार ७३६ रूपैयाँ, छात्रा छात्रवृत्ति ७१ लाख ६३ हजार रूपैयाँ, द्वन्द्वपीडित छात्रवृत्ति एक लाख २२ हजार रूपैयाँ वितरण गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिशिका अनुसार फिडर छात्राबास छात्रवृत्ति ६ लाख रूपैयाँ, नमुना विद्यालयको छात्रवृत्ति १८ लाख ६० हजार रूपैयाँ, माध्यमिक तहका जेहेन्दार छात्रवृत्ति २३ लाख ४२ हजार रूपैयाँ, माध्यमिक तहका जेहेन्दार छात्रवृत्ति तीन लाख ६४ हजार रूपैयाँ, मावि अपांग छात्रवृत्ति दुई लाख ३५ हजार रूपैयाँ वितरण गरेको जिशिकाका लेखा अधिकृत दिवाकरण अर्यालले जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालयमा १७ हजार लोपोन्मुख छात्रवृत्ति मन्त्रालयबाट अझै निकासी हुन सकेको छैन । छात्रवृत्तिले विद्यार्थीलाई अध्ययनका लागि थप प्रोत्साहन मिलेको अर्यालको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment