Comments Add Comment

प्रियंकालाई फ्यानले सोधे ‘बलिउडको कुन हिरो’, जवाफ दिइन्-‘ऋतिक रोशन’

priyanka-karki
बलिउडका कलाकार विशेषगरि सामाजिक संजालमा समय-समयमा फ्यानसँग कुराकानी गर्छन् । नायक साहरुख खानले ट्विटरमा ‘साहरुखलाई प्रश्न’ भन्ने नयाँ शैलीको सुरुवात गरेका छन् । सलमान खानदेखि अन्य थुप्रै सेलिब्रेटी फुर्सदको समयमा फ्यानसँग यसरी नै जोडिन्छन् र उनीहरुको हरेक प्रश्नको जवाफ दिन्छन् । यसरी फ्यानसँग जोडिदा उनीहरुसँगको सम्बन्ध झनै आत्मिय हुने गरेको छ ।

नेपालमा पनि सामाजिक संजालको प्रभाव धेरै भएपनि कलाकारहरु फ्यानसँग जोडिएका छैनन् । आफ्ना दैनिकी र तस्बिर राखेर लाइक र कमेन्ट बटुल्न भन्दा नेपाली कलाकारले अन्य त्यस्तो संझनलायक काम सामाजिक संजालबाट गरेको पाइदैन ।

चल्तीकी नायिका प्रियंका कार्कीले अब फ्यानसँग जोडिने शैलीको सुरुवात गरेकी छिन् । आफ्नो इन्स्ट्राग्राममा उनले सोमबार फ्यानका प्रश्नको जवाफ दिइन् । आफ्नो एक तस्बिर राखेर फ्यानका प्रश्नको जवाफ दिन थालेकी प्रियंकाले यस्तो गर्दा आफूलाई छुट्टै खालको रमाइलो भएको बताइन् । उनलाई फ्यानले आफ्ना मनमा लागेका प्रश्न निर्धक्क सोधेका थिए ।

उनको चलचित्र करिअर, पहिलो चलचित्रदेखि आगामी भावी योजना फ्यानले सोधेका थिए । प्रियंका संझिन्छिन्-‘मलाई तपाइको बलिउडको क्रस को हो भनेर एकजनाले सोध्नुभयो । मैले ऋतिक रोशन भनेर जवाफ फर्काए ।’

यतीमात्र होइन, नायिका कार्कीलाई फ्यानले उनको सुन्दरताको राज पनि सोधे । चलचित्र क्षेत्रमा आउन चाहनेहरुले उनीसँग टिप्स पनि मागेका थिए । यतीमात्र होइन, प्रियंका कार्कीलाई राम्री हुन के खानुपर्छ भन्ने प्रश्न पनि फ्यानले सोधेका थिए ।

यस्तो शैलीमा रमाउँदा एक प्रकारको आनन्द आउने भन्दै यी नायिकाले यसलाई निरन्तरता दिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment