Comments Add Comment

इन्डोनेसियामा सैनिक विमान दुर्घटना, १०० बढीको मृत्यु

An Hercules C-130 Reuters, Yves Herman 1

१५ असार, काठमाडौं । इन्डोनेसियाको मेडान सहरबाट उडेको एक सैनिक विमान सुमात्रा द्वीपमा दुर्घटना हुँदा १ सय भन्दा धेरैको मृत्यु भएको छ ।

इन्डोनेसिया एयर फोर्सको हर्कुलस सी-१३० विमान सुमात्रा द्वीपको मानव बस्तीमा खसेको थियो । विमान दुईवटा घर र एक होटलमाथि बजि्रएको थियो ।

विमानमा सवार चालक दलका सदस्यसहित घर र होटलमा बसेकाहरुको मृत्यु भएको बताइएको छ ।

सन् २००९ देखि इन्डोनेसियाको एयरफोर्स विमान दुर्घटना भएको यो छैटौंपटक हो ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो । एयरफोर्सका प्रवक्ताले मेडान एयरपोर्टबाट उडेको केही मिनेटमै विमान दुर्घटनामा परेको र दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको बताएका छन् ।

सामाजिक सन्जालहरुमा पोष्ट भएका विमान दुर्घटनाका तस्वीर हेर्नुस्-

An Hercules 1 An Hercules

An Hercules

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment