Comments Add Comment

गुराँस लाइफद्धारा बीमा दाबी भुक्तानी

Guransh-Life-Insurence

१५ असार, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले तनहुँ ढोरफिर्दीका राम बहादुर थापालाई बीमा दाबि भुक्तानी गरेको छ । थापाले बैदेशिक रोजगारी म्यादी जीवन बीमा गराएर रोजगारीका लागि साउदी अरेयिबा पुगेका थिए ।

कामको सिलसिलामा दुर्घटनमा परेका थापाको औषधि उपचारवापत लागेको खर्चको दाबी रकम गुराँस लाइफले भुक्तानी गरेको हो । कम्पनीका नायब महाप्रबन्धक नारायण कुमार भट्टराईले बीमित थापालाई एक कार्यक्रमबीच दाबी रकम हस्तान्तरण गरे ।

कम्पनीका ताहाचाल बैदेशिक रोजगार म्यादी जीवन बीमाका शाखा प्रमुख रुपक केसीले बीमितको दाबी भुक्तानी प्रक्रिया सहज र सरल बनाउन आफुहरु लागिपर्ने बताए ।

दाबी भुक्तानीको रकम बुझेपश्चात बीमित थापाले हालसम्म कुनै पनि संघ संस्थाबाट सहयोग नपाएकोे अवस्थामा आफूले स्वदेश तथा विदेशमा गरेको उपचार खर्च गुराँस लाइफबाट पाएकोमा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment