Comments Add Comment

सुनको भाउ तीन सय घट्यो

Gold१५ असार, काठमाडौं । मंगलबार स्थानिय बजारमा सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेर किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ५१ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ भने तेजाबी सुन ५१ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार छापावाल सुन तोलाको ५१ हजार ७ सय र तेजाबी सुन तोलाको ५१ हजार ४ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी तोलाको ६ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment