Comments Add Comment

‘राता मकै’को जन्मदिनमा ‘मह’ जोडीदेखि कलाकारको हाँसो(फोटो फिचरसहित)

haribansha-madan-and-komal-
हरेक बर्ष जस्तै यसबर्ष पनि कलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसर पारेर हाँस्य ब्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याउने २ जना व्यक्तिलाई सम्मान गरेका छन् । आफ्नो ५६ औं  जन्मदिनको अवसर पारेर केसीले ‘स्वास्थ्य र शिक्षामा हाँस्य ब्यङ्ग्य अन्तरक्रिया तथा सम्मान कार्यक्रम’ आयोजना गरेका हुन् ।

उनले चर्चित ब्यङ्ग्य पत्रकार दुर्गा बराल(बात्सायन)लाई नगद १० हजारसहित सम्मानपत्रबाट सम्मानित गरेका थिए । पत्रकारिताको माध्यमबाट हाँस्य ब्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बराललाई सम्मानित गरिएको हो । यस्तै, चर्चित हाँस्य ब्यङ्ग्य कलाकार आनन्द थापालाई पनि उनले सम्मान गरेका थिए । aananda-thapa-samman batsayan-samman

कार्यक्रममा बोल्दै कलाकार केसीले आफूलाई ५५ बर्षको उमेरमा यस्तो सोच आएको बताए । उनले अबको हाँस्य ब्यङ्ग्यलाई सिंहदरबारमा मात्र केन्दि्रत गर्न नहुने बताए । कार्यक्रमको उद्घाटन नै हलमा उपस्थित सम्पूर्ण व्यक्तिहरुको हाँसोबाट सुरु भएको थियो ।

प्रमुख अतिथीद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा, मनोज गजुरेल, बसुन्धरा भुषाल, शिवहरी पौडेल, कोमल वली, दिपकराज गिरी एकसाथ कार्यक्रममा हाँस्दै उद्घाटन गरेका थिए ।

कार्यक्रममा कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, शिवहरी पौडेल, मनोज गजुरेल, कोमल वली, दिपकराज गिरीले कलाकार किरण केसीको व्यक्तित्वको चर्चा गरेका थिए । उनीहरुले मानिसलाई सधै स्वस्थ्य राख्नका लागि हाँस्य व्यङ्ग्यको महत्व दर्शाएका थिए ।susil-gharana-and-kiran

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment