Comments Add Comment

कलाकारलाई लाग्यो असार १५, दही चिउरा खाएर रमाउँदै(फोटो कथा)

komal-li-dahi-chura
आज असार १५ अर्थात दही चिउरा खाने दिन । कृषीप्रधान देश नेपालमा आज देशभर दही चिउरा खाएर रमाइलो गरिदैछ । नेपाली चलचित्र, हाँस्य ब्यङ्ग्य तथा सांगीतिक क्षेत्रका कलाकारले पनि दही चिउरा खाएर रमाइलो गरिरहेका छन् ।

कलाकार किरण केसीको जन्मदिनमा आयोजित एक कार्यक्रममा भेला भएका कलाकारले दही चिउरा खाएर रमाइलो गरे । कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरीवंश आचार्य, दिपकराज गिरी, केदार घिमिरे, झरना थापा, दीपाश्री निरौला, कोमल वली लगायतले दही चिउरा खाएर यो  पर्व मनाएका छन् ।

खेतमा पुग्न नपाएपनि एकसाथ कलाकारहरु भेला भएर यसरी पर्व मनाउँदा पाउँदा उनीहरुले खुशी व्यक्त गरे । हेरौ कलाकारका केही तस्बिर :

dipak-and-dipa-dahi-chura jharana-and-susil madan-dahi-chiura magne-buda-dahi-chiura

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment