Comments Add Comment

क्रसर उद्योग सञ्चालनमा रोक

१५ असार, बनेपा । दर्ताबिना सञ्चालन भएको क्रसर उद्योगलाई काभ्रेपलाञ्चोकमा आज रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकाल, स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिना, प्रहरी उपरीक्षक पूजा सिंहलगायतको टोलीले स्थलगत अनुगमन गरी पनौतीमा सञ्चालन भएको सो क्रसर उद्योग सञ्चालनमा रोक लगाएको हो ।

क्रसर उद्योगबाट अवैध रुपमा ढुङ्गा निकासीको काम भएको जानकारी पाएपछि अनुगमनपछि सञ्चालनमा रोक लगाइएको स्थानीय विकास अधिकारी तिम्सिनाले बताए ।

यसअघि दुईवटा ढुङ्गाखानीले मापदण्डबिना नै ढुङ्गा उत्खनन गरेको भन्दै सञ्चालनमा रोक लगाइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment