Comments Add Comment

कंगना बन्ने भइन् ‘लक्ष्मीबाई’

kangana
बलिउड ‘क्विन’ कंगना रनौतले रानी लक्ष्मीबाईको भुमिका निर्वाह गर्ने भएकी छिन् । केतना मेहताको निर्देशनमा निर्माण हुने यो चलचित्र निर्देशक र नायिका दुबैको महत्वकांक्षी चलचित्र हो ।

कंगना अभिनित चलचित्र ‘तनु वेड्स मनु रिटन्र्स’ रिलिज भएपछि उनको अभिनयको निकै तारिफ भएको थियो । नयाँ चलचित्रमा काम गर्ने विषयमा कंगनासँग पहिल्यैदेखि कुरा भएपनि भर्खरै मात्रै कंगनावाट मौखिक प्रतिबद्धता आएको जानकारी निर्देशक मेहताले दिए ।

कंगनालाई चलचित्रको स्त्रिmप्ट मन परेकाले चाँडै सम्झौता हुने निर्देशक मेहताको भनाई छ । यो चलचित्रमा कंगनाले घोडा कुदाउँनु पर्ने छ भने तरवारबाजी पनि गर्नु पर्ने हुन्छ ।  ती दुबै विषयमा कंगनालाई प्रशिक्षण दिने योजना मेहताले बनाएका छन् ।

बायोपिक चलचित्र बनाउने कुरामा निर्देशक मेहता सचेत मानिन्छन् । यसअघि ‘मंगलपाण्डे’ बनाएका उनले आमिर खानलाई मुख्य भुमिकामा अभिनय गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment