Comments Add Comment

भाङ्ग्राको टोपीमा गुहेँलीको फूल !

Krishnabahadur-Mahara

१५ असार, काठमाडौं । नेपाली समाजमा एउटा आहान छ, भाङ्ग्राको टोपीमा गुहेँलीको फूल ! तस्वीरमा देखिएका एमाओवादीका तीन नेताको तस्वीरले यही आहानको झल्को दिन्छ ।

नेताहरुले जुनसुकै अवसरमा पनि महंगो सयपत्री फूलको माला लगाउनै पर्ने संस्कार नेपाली राजनीतिमा मौलाएको छ । मंगलबार अखिल क्रान्तिकारीले आयोजना गरेको रोपाईँमा समेत नेताहरुले यसै गरी मालाको प्रयोग गरे ।

राष्ट्रिय धान दिवसका अवसरमा मंगलबार काठमाडौंको सुन्दरीजलमा एमाओवादी महासचिव कृष्णबहादुर महरा, देवेन्द्र पौडेल लगायत रोपाईंमा सहभागी भएका थिए ।

Krishnabahadur-mahara,-debe

अखिल क्रान्तिकारीको आयोजनामा भएको रोपाईंमा किसान नेता चित्रबहादुर श्रेष्ठ, एमाओवादीका नेता देवेन्द्र पौडेल, क्रान्तिकारीका अध्यक्ष रमेश मल्ललगायतको सहभागिता थियो ।

स्थानीय किसानको खेतमा सम्पन्न उक्त रोपाईंमा १ सय ५० जनाको सहभागिता रहेको अखिल क्रान्तिकारीले जानकारी दिएको छ ।

तर, माला लगाएरै भए पनि एमाओवादी नेताहरु हिलोमा चाँहि पसे । गृहमन्त्री वामदेव गौतम जसरी डीलबाट भाषण गरेर फर्केनन् ।

बाँकेमा एनजीओ र सहकारीको धान दिवस

Banke-Dhan-Ropaiअनलाइनखबरकर्मी आरपी सुवेदीका अनुसार बाँकेमा टिटिहिरिया गाविस र हेफर ईन्टरनेशनलको सहयोगमा दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा औपचारिक कार्यक्रम आयोजना गरी धान रोपेर दिवस मनाइएको छ ।

जिल्ला कृषि कार्यालय बाँकेको समन्वयमा चिसापानीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ ।

बाँकेमा ३६ हजार ५ सय हेक्टर जमिनमा धानखेती हुने गरेकामा हालसम्म ४ प्रतिशत मात्र रोपाईं भएको प्रमुख जिल्ला कृषि अधिकृत राजेन्द्र प्रधानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment