Comments Add Comment

सातौं राष्ट्रिय खेलकुद यसै वर्षभित्र : सदस्य सचिव

Keshab-Bista

१५ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्ति सदस्य सचिव केवश विष्टले यसै बर्षभित्र सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पहल गर्ने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरेर विष्टले आफूलाई सदस्य सचिवको जिम्मेवारी दिएकोमा खेलकुद मन्त्री पुरुषोतम पौडेललाई धन्यवाद दिए । नयाँ नेतृत्वबाट खेलकुद क्षेत्रले सकारात्मक परिवर्तनको अपेक्षा राखेको भन्दै उनले भने-‘त्यस हिसाबले यो मेरो लागि अपेक्षामा खरो उत्रने एउटा मौकासँगै चुनौति हो भन्ने ठानेकोे छु ।’

राखेप र नेपाली खेलकुदलाई सामूहिक भावनाले अघि बढाउने र राजनीतिक आस्थाका आधारमा विभेद नगरिने बताए ।

राखेप सदस्य सचिव विष्टले भारतमा आयोजना हुने दक्षिण एसियाली खेलकुदलाई ध्यानमा राख्दै केही महिनाभित्र तयारी थालिने जानकारी दिए । उनले भने-‘नेपालले भाग लिने सम्भावित खेल, सम्बन्धित खेल संघ, प्रशिक्षकहरुसँग छलफल अघि बढाउँदै योजनाबद्ध रुपमा तयारी अघि बढाइनेछ ।’

उनले संघहरुभित्र देखिएको विवाद समाधानका लागि पहल सुरु गरिसकेको बताए । उनले आर्थिक वर्ष २०७२/०७३ देखि राष्ट्रिय खेलाडीहरुको जीवन विमा र प्रत्येक निर्वाचन क्षेत्रमा १ जना स्वयंसेवक प्रशिक्षकको व्यवस्था गर्ने प्रस्ताव अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment