Comments Add Comment

ओलीको डिजाइनमा मस्यौदा ल्याइयो : हृदेश त्रिपाठी

सलमान खान
१५ असार, भैरहवा । तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री हृदेश त्रिपाठीले नेकपा एमालेका अध्यक्ष केपी ओलीको ग्राण्ड डिजाइनमा संविधान मस्यौदा ल्याइएको बताएका छन् ।

ridayas tripathiमंगलबार तमलोपा रुपन्देहीद्वारा भैरहवामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री त्रिपाठीले प्रधानमन्त्री बन्नका लागि ओलीले संविधानसभालाई बन्धक बनाएको आरोप लगाए । १६ बुँदे सहमति अन्तरिम संविधान विपरीत रहेको बताउँदै उनले अधुरो संविधान भन्दा अन्तरिम संविधान नै राम्रो भएको बताए ।

नेता त्रिपाठीले कांग्रेस एमालेको संविधान निर्माण गर्ने मनसाय नरहेको बताउँदै सत्ता बाँडफाँड गरी मुलुकमा राज गर्ने मनसाय मात्र रहेको उल्लेख गरे. । पत्रकार सम्मेलनमा उनले संघीयतालाई थाती राख्ने मात्र नभई समाप्त गर्ने योजना बनाइएको बताए । उनले किस्ताबन्दीमा अधुरो संविधान जारी गर्न खोजेको भन्दै यसले मुलुक द्वन्द्वमा जाने खतरा बढेको बताए ।

नेता त्रिपाठीले मधेसमा संविधानको मस्यौदा च्यात्ने बताए । सत्ता बाँडफाँडका लागि हतार-हतारमा अधुरो संविधान जारी गर्न खोजेको बताउँदै यसलाई नसच्चाए आफ्नो पार्टी संविधानसभा छाडेर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment