Comments Add Comment

१३४ केजी चरेशसहित दुई भारतीय नागरिक पक्राउ

१५ असार, मकवानपुर । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले १ सय ३४ केजी ८३० ग्राम चरेशसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारी लखौरा गाउँ बस्ने ३४ बर्षीय बलिराम दास र भारत बेटिया सुगौली बस्ने ४५ बर्षीय सरफोदीन अन्सारी रहेका छन् ।

हेटौडाबाट बारातर्फ जाँदै गरेको विआर २९ वि ५९२९ नम्वरको बलेरो गाडीलाई मंगलबार हेटौडा उपमहानगरपालिका-१७ स्थित रातोमाटेमा प्रहरीले चेकजाँच गर्दा उक्त चरेश बरामद भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment