Comments Add Comment

अब संविधान बन्छ : गगन

१५ असार, भैरहवा । नेपाली कांग्रेसका युवा नेता एवं सभासद गगन थापाले संविधान निर्माणमा केही विवाद र असहमति देखिए पनि संविधान बन्ने बताएका छन् ।

नेपाल बिद्यार्थी संघ पक्लिहवा कृषि क्याम्पस इकाइले आयोजना गरेको स्वागत तथा बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले दलहरुबीच भएको १६ बुँदे सहमतिपछि मस्यौदा लेखन अन्तिम चरणमा पुगेको र त्यसका अधिकांश बिषयमा सबैको सहमति रहेको बताए ।

सहमती भइरहेको छ, यस्तो बेलामा केही समय लाग्न सक्छ नेता थापाले-भने यही सविधान सभाबाटै सविधान आउँछ ।’ उनले लोकतन्त्रको बिकल्प नहुने भन्दै असहमतिका कुरा लोकतन्त्र भित्रैबाट खोजिनुपर्ने बताए ।

सवैको अस्थित्व र पहिचान हुने गरी नयाँ संविधान आउने भन्दै उनले पहिलो प्राथमिकता भनेको राष्ट्रिय पहिचानलाई दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment