Comments Add Comment

न्यौपानेलाई रोटरी जर्नो अवार्ड

Sunil-Naupane

कारोबार दैनिकका सम्पादक सञ्जय न्यौपानेसहित ६ पत्रकारले यस बर्षको ‘रोटरी जर्नो अवार्ड २०१५’ प्राप्त गरेका छन् । पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र छ ।

आर्थिक पत्रकारितातर्फ सम्पादक सञ्जय न्यौपाने, महिलातर्फ कविता थापा, बातावरणतर्फ नविन लुईटेल, शिक्षातर्फ प्रकाश सिलवाल, स्वास्थ्यतर्फ भवगती तिमिल्सिना र मुलधारतर्फ जगदिश खरेल रहेका छन् ।

रोटरी क्लब अफ काठमाडौंका डिस्टि्रक्ट गभर्नर रविन्द्र पिया, पत्रकार महासंघका अध्यक्ष महेन्द्र विस्टलगायतले मंगलबार आयोजित कार्याक्रममा उनीहरुलाई पुरस्कृत गरेका हुन् ।

रोटरीले चार बर्षदेखि बर्षेनी यस्तो सम्मान प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment