Comments Add Comment

वैदेशिक रोजगार व्यवसायीको चुनावमा कांग्रेसका दुई र एमालेका एक प्यानल भिड्दै

१५ असार, काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि हुने  निर्वाचनमा कांग्रेसका दुई र एमालेका एक गरी तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

imagesबिहीबार हुने संघको १३औं अधिवेशनमा अध्यक्षका तीन प्रत्यासीले प्यानलै बनाएर उम्मेद्धारी घोषणा गरेका छन् । अध्यक्ष पदका लागि कांग्रेस निकट व्यवसायीहरुको संगठन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमकातर्फबाट बिमल ढकाल, एमाले निकट व्यवसायीहरुको संगठन प्रगतिशिल मञ्चकातर्फबाट सरोजकुमार पोखरेल र कांग्रेस निकट व्यवसायी किरण किशोर घिमिरेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।

घिमिरे यसअघिको चुनावमा प्रगतिशिल मञ्चका उम्मेद्धार बलबहादुर तामाङसँग पराजित भएका थिए । लोकतान्त्रीक फोरममा अध्यक्षमा को उठ्ने भनेर आन्तरिक निर्वाचन भएको थियो । जसमा ढकालले १० मत र घिमिरेले ९ मत पाएका थिए । घिमिरेकोभन्दा १ मत बढी ल्याएपछि फोरमले ढकाललाई अध्यक्षको उम्मेद्धार बनाएको हो । तर, आन्तरिक प्रतिस्पर्धामै हारेका घिमिरेले स्वतन्त्र अर्थात बाघी उम्मेद्धारी दर्ता गराएका हुन ।

७ सय ५६ व्यवसायी सदस्य रहेको संघका निर्वाचित पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचनले अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ जनाको नयाँ कार्यसमिति चयन गर्नेछ ।

बिमल ढकालको प्यानल

कांग्रेस निकट व्यवसायीहरुको आधिकारीक अध्यक्षका उम्मेद्धार बिमल ढकालको प्यानलमा प्रथम उपाध्यक्षमा कुमुद खनाल, द्धितिय उपाध्यक्षमा, भुवनसिंह गुरुङ्ग, तृतिय उपाध्यक्षमा भागीरथ राई, महासचिवमा कमल तामाङ, कोषाध्यक्षमा प्रतिभा महर्जन छन भने सदस्यहरुमा पुष्प चौलागाई, इन्द्र आचार्य, दिपक मगर, राजेशशंकर बि.क, सोम तामाङ, अस्वर अली, तेजमाया लिम्बु रहेका छन् ।

सरोज पोखरेलको प्यानल

एमाले निकट व्यवसायीहरुका एकमात्र अध्यक्षका उम्मेद्धार सरोज पोखरेलको प्यानलमा द्धितिय उपाध्यक्षमा हरीबहादुर पाण्डेक्षेत्री, तृतिय उपाध्यक्षमा राजेन्ऽ भण्डारी, महासचिवमा रोहन गुरुङ, कोषध्यक्षमा हरीप्रसाद थापा छन भने सदस्यहरुमा गोविन्द कटुवाल, जनक रावल, कुमार केसी, रमिला ताम्रकार र जे.बी शाही रहेका छन् ।

किरणकिशोर घिमिरेको प्यानल

स्वतन्त्र अध्यक्षको उम्मेद्धारी दर्ता गराएमा कांग्रेस निकट व्यवसायीका बाघी उम्मेद्धार किरणकिशोर घिमिरेको प्यानलमा प्रथम उपाध्यक्षमा शम्शेर गुरुङ, द्धितिय उपाध्यक्षमा राधिका कटुवाल, तृतिय उपाध्यक्षमा आसी गिरी, महासचिवमा सुजित श्रेष्ठ छन भने सदस्यहरुमा साजन कटुवाल, लक्षुमण गुरुङ, सञ्जय देवकोटा, बलराज तामाङ छन् ।

पुरै प्यानल भने बुधबारसम्ममा घोषणा गर्ने व्यवसायीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment