Comments Add Comment

शून्य नतिजा ल्याउने स्कुल र शिक्षकलाई कारबाही गर्ने तयारी

slc-exam

१६ असार, काठमाडौं । एसएलसी परीक्षामा राम्रो नतिजा नल्याएका विद्यालय र शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । राम्रो नतिजा ल्याउन नसकेका विद्यालय र शिक्षकलाई कारबाही गरी शिक्षा विभागमार्फत ४५ दिनभित्र मन्त्रालयमा जानकारी गराउन मन्त्रीस्तरीय बैठकले निर्देशन दिएको हो ।

कमजोर नतिजा ल्याउने विद्यालयको नतिजा सुधार गर्न नतिजा सुधार कार्ययोजना बनाई कार्यान्वयन गराउने, जिम्मेवारी किटान गर्ने र सोको प्रगति विवरण ४५ दिनभित्र मन्त्रालयमा अनिवार्य रुपमा जानकारी गराउनसमेत सोमबार मन्त्रीस्तरीय बैठकले निर्देशन दिएको नयाँ पत्रिकामा खबर छ ।

एसएलसी नतिजा सुधार र व्यवस्थापनका लागि दिइएको निर्देशन कडाइका साथ कार्यान्वयन गरिने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment