Comments Add Comment

अाफन्तलार्इ छात्रवृत्ति दिलाउन निजी स्कूल धाउँदै सरकारी कर्मचारी

१६ असार, काठमाडौ । उच्च माध्यामिक शिक्षा परिषदका कर्मचारीले उच्च माविलाई आफन्तलार्इ छात्रवृत्तिमा पढाइदिन दबाब दिन थालेका छन् ।

उच्च माध्यामिक शिक्षा परिषद काठमाडौ कार्यालयका अनुगमनमा खट्ने कर्मचारीले काठमाडौ  र ललितपुरका नाम चलेका उमाविमा गएर निःशुल्क भर्ना गरिदिन दबाब दिन थालेका छन् ।

उच्च माविहरुले परिषदले सञ्चालन गरेको छात्रवृत्तिको परीक्षा उतीर्ण भएका विद्यार्थीलाई प्राथमिकताका आधारमा सिफारिस दिने प्रावधान हुँदाहुँदै परिषद काठमाडौ कार्यालयका कर्मचारीले विभिन्न उमाविमा गएर आफ्ना मान्छेलाई छात्रवृत्ति दिने गरेका उच्च माविका सञ्चालकले जानकारी दिएको नेपाल समाचारपत्रले जनाएको छ ।

परिषदले सञ्चालन गरेको छात्रवृत्ति परीक्षामा उतीर्ण भएका मध्ये ३ प्रतिशत सरकारी र २ प्रतिशत छात्रवृत्ति निजी गरी ५ प्रतिशत छात्रवृत्ति दिने ब्यवस्था छ । तर २ प्रतिशत छात्रवृत्तिमा आफू निकटका विद्यार्थीको नाम सिफारिस गरी भर्ना गरिदिन दबाब दिन थालेका छन् ।

काठमाडौ सम्पर्क कार्यालयबाट खटिने अनुगमन अधिकृतले नाम चलेका उमाविमा गएर आफूले सिफारिस गरेका विद्यार्थीको नाम राखिदिन दबाब दिएपछि उमावि सञ्चालक अन्यौलमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment