Comments Add Comment

बागमती किनारामा ४ हजार अबैध घर

१६ असार, काठमाडौ । गोकर्णदेखि चोभारसम्मको बाग्मती नदी क्षेत्र आसपासमा ४ हजार घर सरकारी जग्गा मिचेर निर्माण भएको पाइएको छ । नदी किनारदेखि २० मिटरसम्म बस्ती बसाल्न निषेध गरिए पनि जग्गा आफ्नै नाममा पार्ने उद्देश्यले मिच्नेक्रम बढेको छ । नदी किनारामा सुकुम्बासीदेखि पहुँचवालासम्म र अस्थायी झुपडीदेखि ठूला पक्की महल ठडिएका छन्, जहाँ कतिपय कलेज पनि निर्वाध चलिरहेका छन् ।

०६४ मा मन्त्री स्तरीय निर्णयले २० मिटरको सीमा राख्दै त्यसभित्रका घर सरकारले भत्काउन सक्ने ब्यवस्था सरकारले गरेको थियो । यस्ता अवैध बस्ती हटाउन नदी वरपर बगैंचा अथवा पार्क बनाउने सरकारको तयारी रहेको कारोबार दैनिकमा खबर छ ।

अबैध बस्ती नहटाउन विभिन्न राजनीतिक दलको दबाब र स्थानीयको प्रतिकारलाई सरकारले प्रमुख चुनौतीको रुपमा लिएको छ । अहिलेसम्म सरकारले प्रहरीको बल प्रयोग गरेरै भए पनि ४० रोपनी जग्गा फिर्ता लिएको छ ।

गोकर्णदेखि बल्खुसम्म अझै डेढ सय रोपनीभन्दा बढी क्षेत्र सुकुम्बासी लगायत अन्यले हडपेर बसेका छन् ।

नदी किनारको जग्गा मिचेर पक्की घर बनाइ बस्ने, खेती, कलेज सञ्चालन गर्ने गरिएको छ । धेरैजसो स्थानमा ससाना टहरा बनाएर होटल वर्कसप चलाइएका छन् । अधिकांश घर र टहरा ब्यवसायिक प्रयोजनमा वर्षौदेखि भाडामा लगाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment