Comments Add Comment

पाराग्वेलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

Di-Maria

१६ असार, काठमाडौं । पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार विहान भएको खेलमा उपाधिको प्रमुख दाबेदार अर्जेन्टिनाले पाराग्वेलाई ६-१ को शानदार जित हात पारेको हो ।

१४ पटकको विजेता अर्जेन्टिना सन् २००७ पछि पहिलो पटक फाइनलमा पुगेको हो । अब उपाधिका लागि शनिबार अर्जेन्टिना र आयोजक चिली भिड्नेछन् ।

खेलमा अर्जेन्टिनाले १५ औं मिनेटमा गोलको खाता खोलेको थियो । लिओनलल मेस्सीको फ्रि किक बलमा रोजोले गोल गर्दै अर्जेन्टिनाको खाता खोले ।
Messi-(1)
२७ औं मिनेटमा मेस्सीकै पासमा जाभियर पास्टोरेले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । खेलको ४३ औं मिनेटमा पाराग्वेले गोल गर्दै अर्जेन्टिनाको अग्रता २-१ मा झारे ।

तर, दोस्रो हाफमा अर्जेन्टिनाले चार गोल गर्‍यो । ४७ औं मिनेटमा एन्जल डि मारियाले गोल गरे । ५३ औं मिनेटमा डि मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ४-१ को अग्रता दिलाए ।

Sergio-Aguero

खेलको ८० औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरे भने तीन मिनेट लगतै मेस्सीको पासमा गोन्जालो हिगुइनले गोल गर्दै अर्जेन्टिनालाई ६-१ को जित दिलाए ।

कोपा अमेरिकाको कुनै एक खेलमा तीन गोलको अवसर श्रृजना गर्ने मेस्सी पहिलो खेलाडी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment